४ हजार दर्शकमाझ नेपथ्यको सांगीतिक प्रस्तुति हुँदै

२०७४ मङ्सिर १४ बिहीबार १०:५९:०० मा प्रकाशित

दमक, १४ मंसीर । नेपथ्य संगीत समुह अर्थात् नेपथ्य ब्याण्डले झापाको दमकमा पहिलोपल्ट साङ्गीतिक प्रस्तुति पस्कने भएकोे छ ।

नेपाल कै लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यको पुर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि इंकं भिजनले संयूक्त संयोजकत्वमा कार्यक्रम हुने भएको हो । ब्याण्डको २५ औं स्थापना दिवशको अवसरमा साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक पुर्वाञ्चल रक्सका रोहन लिम्बुले जानकारी दिएका छन् ।

नेपथ्यले आगामी पुस २८ गते दमकको सरस्वती माद्यमीक बिद्यालयको प्राङ्गणमा कार्यक्रम गर्न लागेको लिम्बुले जानकारी गराएका थिए । कम्तिमा ४ हजार दर्शक स्रोतामाझ नेपेथ्यले खुल्ला मञ्चमा कार्यक्रम गर्न लागेको पनि आयोजकले जनाएको छ ।

४० लाख ४० हजार लगानीमा नेपेथ्यको लाईभ कन्सर्ट गराउन लागिएको अर्का आयोजक थ्रि लिकं भिजनका रवि श्रेष्ठले जानकारी दिएका छन् । नेपेथ्यलाई पहिलोपल्ट झापा ल्याउन २० लाख ३४ हजार खर्चेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा गायक अमृत गुरुङले बिभिन्न समयका चर्चित गीतहरुले दर्शक स्रोताको मन जित्ने आयोजकले अपेक्षा लिएको छ । टिकट बिक्रीका लागी पूर्वाञ्चलका बिभिन्न २० वटा शहरहरुमा टिकट बिक्री केन्द्र छुट्याइएको पूर्वाञ्चल रक्सका लिम्वुले जानकारी गराएका थिए ।

बिद्यार्थीका लागि ५ सय र अन्य दर्शकाका लागि १ हजार रुपैयाँ टिकट मुल्य राखिएको अर्का आयोजक जय मिडिया म्यानेजमेण्डका जयराज रायले जानकारी गराएका थिए ­­­। 
 

ताजा खबर