शार्दूलविक्रीडित छन्दमा एमसीसी कविता

२०७८ श्रावण १८ सोमबार १४:२७:०० मा प्रकाशित

  एम् सी सी के हो ?

(शार्दूलविक्रीडित)१९

 

अर्काको मुख ताक्नु नै गलत हो भन्दैछ भित्री मन

के हामी भिख माग्न जन्म लिइयो भन्लान् भिखारी जन?

के हो यो परराष्ट्र विज्ञ यसमा के के छ रे दर्शन?

एम् सी सी कुन वस्तु हो र यसको उद्देश्य के हो भन?।

प्यालेष्टाइन द्वन्द भित्र छ सधैँ मान्छे मरेका किन?

विश्वासी किन हुन्छ त्यो अघि उनै साम्राज्यवादी जन?

खोजी कारण गर्दछन् रुमलिए सारा सुडानी जन

 

के के गर्दछ आउँदैछ किन हो के लक्ष्य ल्यायो किन ?।२

पोकामा छ समाज नागरिक के खोली गरौँ मन्थन ?

हौ प्राध्यापक बुद्धिमानजन हो हे राजनेता गण

लेख्दैछौ जति लेख काव्य कवि हो बारे यसै लेखन

 

के स्वाधीन छँदा इराक त्यसरी त्यो युद्ध गर्थ्यो किन ?।३

बेलामा अधिकार मानव यहाँ यो भित्र सम्भाषण

सारा साधक जो सभासद बडा विज्ञान ज्ञानी जन

के केमा सिरिया सकेन किन हो दिग्दार पन्साउन

 

विद्यार्थी र सचेत जो प्रगतिका योद्दा सबैले भन ।४ 

पैसा साध्य अवश्य होइन हरे मात्रै न हो साधन

न्यायाधीश र राष्ट्रभक्त कृषिका यो भित्रको वर्णन

छौ विश्लेषक राष्ट्रवाद कहने गर्दैछ के चिन्तन?

लड्दैछन् अफगान आज कति झन् त्यो द्वन्द चर्को किन ।५

 

प्रष्ट्याऊ मिडिया प्रसारण गरी राम्रा नराम्रा गुण

बोलौँ सांसद पत्रकार र सबै साहित्यका जीवन

धेरै आय धनी भएर लिविया माग्ने भएको किन?

साह्रै दुःख भयो नसम्झ दुनियाँ रुन्छन् फिजीमा किन ?।६

 

द्वारा वाद विवाद अन्तर कृया निष्कर्षमा लम्कन

जानौँ देश विदेशका जन सबै यो भित्रका लक्षण

आफ्ना श्रोत प्रयोग नै उचित हो सङ्कल्प नै हो धन

साँच्चै आँट अठोट हुन्छ जहिले भाग्ने छ रे निर्धन ।७

- इलाम

ताजा खबर