किताब पढेपछि: बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो

२०७८ श्रावण १५ शुक्रबार १२:११:०० मा प्रकाशित

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्ता परिवर्तनहरू आउँछन्-

१. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६. आमा-बुबाको मूल्य बुझिन्छ !

७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जीवन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जीवनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् वास्तवमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९. प्रेम र काम वासनाको अन्तर बुझिन्छ !

१०. स्वास्थ्य सबैभन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११. जोसँग करोडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२. जीवनमा शिक्षाको महत्व बुझिन्छ !

१३. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक वास्तविक  जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने

अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानवता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं १ केही मान्छेहरू

असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय-समयमा आफ्नो चश्मा सफा गर्दछन् !

(स्रोत: सामाजिक सञ्जालबाट)

ताजा खबर