क्रिकेटका सुपर स्टार साहिद इपिएल खेल्न काठमाडौं आउने

२०७८ श्रावण ११ सोमबार १७:००:०० मा प्रकाशित

काठमाडौं । विश्व क्रिकेटका सुपर स्टार साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग इपिएल खेल्ने भएका छन् । नेपाली फ्रेन्चाइज क्रिकेट खेल्न आउने अप्रिदी अहिलेसम्मकै ठूला स्टार    हुन् । अलराउन्डर पाकिस्तानका अफ्रिदीले काठमाडौं किंस इलाभेनबाट खेल्नेछन् । काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै अफ्रिदीको नाम सार्वजनिक गरेको हो ।

काठमाडौंबाट संदिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सुवास खकुरेल लगायतका खेलाडी आवद्ध छन् ।

आक्रामक र ठूला सट खेल्न माहिर अफ्रिदीले पाकिस्तान १९९६ देखि २०१८ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । उनले १९९६ अक्टोर २ मा केन्यासँगको खेल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अफ्रिदीले ९९९८ अक्टोबर २२ मा अस्ट्रेलिया विरुद्धको टेस्ट खेल मार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए । अफ्रिदीले २७ टेस्ट खेल्दै १ हजार ७ सय १६ र एकदिवसीयमा ३ सय ९८  एकदिवसीय खेलमा ८ हजार ६४ रन जोडेका छन् । ९९ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीको नाममा १ हजार ६ सय १६ रन छ ।

१९९६ मा श्रीलङका विरुद्ध  एकदिवसीयमा ३६ वलमा शतक बनाएका थिए । जुन निकै लामो समयसम्म कीर्तिमानका रुपमा रहेको थियो । इपिएलमै यसअघि पोखरा टाइगर्सले वेस्ट इन्डिजका क्रिस गेल आउने घोषणा गरेको थियो । तर टि ट्वान्टी विश्वकपका कारण उनी आउने संभावना एकदमै न्यून छ । इपिएल आगामी असोज ९ देखि २३ सम्म टियु मैदानमा   हुनेछ । 

ताजा खबर