टि ट्वान्टीमा भारतको आकर्षक सुरुआत

२०७८ श्रावण ११ सोमबार १२:३९:०० मा प्रकाशित

काठमाडौं । श्रीलङका विरुद्धको तीन खेलको  एकदिवसीय सिरिज दुइ एकले जीतेको भारतले टि ट्वान्टीमा पनि शानदार सुरुवात गरेको छ । भुवनेश्वर कुमारले घातक वलिङ गरेपछि भारत पहिलो टि ट्वान्टी खेलमा ३८ रनले विजयी भयो । ब्याट्सम्यानहरुको प्रशर्दन सन्तोषजनक नरहेपनि भारतीय वलरले उत्कृष्ट प्रदर्शन गरे ।

कोलम्बोमा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाए। १ सय ६४ रन बनाएको थियो । खराब सुरुवात गरेको भारतले ओभरको पहिलो वलमै ओपनर पृथ्वी शलाई गुमाएको थियो । उनी गोल्डेन डक आउट भए । संजु सामसन २७ रनमा आउट भए । तेस्रो विकेटका लागि  लगि कप्तान शिखर धवन र सूर्यकुमार यादवले ६२ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक स्कोर तर्फ डोर्याएका थिए । धवनले ४६ र सुर्यकुमारले अर्धशतकिय पारी खेले ।

सूर्यकुमारले ३४ वलमा ५० रनको योगदान गरे । हार्दिक पान्डेयाले १० रन जोड्दा इशान किशन २० रनमा अविजीत रहे । दुश्मान्था चामेरा र विनाडु हशरंगाले २–२ विकेट लिए । जवाफमा श्रीलङका १८ ओभर ३ वलमा १ सय २६ रनमा अल आउट भयो । भारतले कसिलो वलिङ गरेपछि श्रीलङकाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । चारिथ आशालान्काले ४४, आभिष्का फर्नान्डोले २६, दासुन सानाकाले १६ र मिनोद भानुकाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक  छुन सकेनन् । भुवनेश्वरले ३ दशमलब ३ ओभरमा मात्र २२ रन खर्चिएर ४ विकेट लिए । दिपक चाहरले २ विकेट लिए । जीतपछि तीन खेलको सिरिजमा भारतले एक शून्यको अग्रता लिएको छ । 

ताजा खबर