टोकियो ओलम्पिक: ककसले जिते स्वर्ण, चीन अग्रस्थानमा

२०७८ श्रावण १० आइतबार २१:३६:०० मा प्रकाशित

टोकियो । ट्युनिसियाका पौडी खेलाडी अहमद हाफ्नाओइले टोकियो ओलम्पिकमा सवैलाई आश्चर्यचकित पार्दै स्वर्ण पदक जितेका छन् । १८ वर्षिय अहमदले पुरुष चार सय मिटर फ्रि स्टाइलमा स्वर्ण हात पारेका हुन् ।

आउट साइड लेनबाट सुरु गरेका अहमदले स्वर्ण माथि कब्जा जमाए । उनले निर्धारित दुरी ३ मिनेट ४३.३६ सेकेन्डमा पुरा गरे । ट्युनिसियाको ओलम्पिकमा समग्रमा यो पाँचौ र पौडीमा तेस्रो स्वर्ण पदक हो । अस्ट्रेलियाका ज्याकले रजत र अमेरिकाका केइन स्मिथले रजत जिते । अहमदले स्वर्ण जितेकोमा विश्वास नै नलागेको प्रतिृकया दिए । ट्युनिसिया राष्ट्रिय बास्केटबल टिमका पुर्व खेलाडी मोहम्मदका छोरा अहमदले सन् २०१८ को युथ ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । त्यसवेला उनले चार सय मिटरमा आठौं र आठ सय मिटरमा सातांै स्थान हात पारेका थिए । ट्युनिसियाको एक पत्रिकालाई दिएको एक अन्तर्वार्तामा सन् २०२४ को पेरिस ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य राखेको बताएका थिए ।

आयोजक जापानले पनि पौडीमा अनपेक्षित स्वर्ण जितेको छ । उसका लागि महिला चार सय मिटर ब्यक्तिगत मिड्लेमा युइ ओहासीले स्वर्ण दिलाएकी हुन् ।

ओलम्पिकमा स्टेकबोर्डिङले डेब्यु गरेको छ । स्टेकबोर्डिङ तर्फ पहिलो ओलम्पिक स्वर्ण जापानले हात पार्यो । उसका लागि युतो होरिगोमले स्वर्ण हात पारेका हुन् । सरफिङको पनि ओलम्पिकमा डेब्यु भएको छ । जापानकै युता आबे र उनका भाइ हिफुमीले ओलम्पिकको एकै दिन फरक फरक इभेन्टमा स्वर्ण जित्दै इतिहास रचे । युताले  जुडो महिला ५२ केजी मुनि तौलमा र हिफुमीले पुरुष ६६ केजी मुनि स्वर्ण जितेका हुन् ।

अमेरिकाले दोस्रो दिनमा आएर टोकियो ओलम्पिकमा स्वर्ण पदकको खाता खोल्यो । जारी ओलम्पिकमा अमेरिकाका लागि चेज कालिसले पहिलो स्वर्ण जितेका हुन् । उनले पुरुष चार गुण एक सय मिटरमा स्वर्ण हात पारे । अस्ट्रियाकी एम्यच्योर एन्ना केइसेनहोफरले महिला साइक्लिङ रोड रेसको स्वर्ण जितिन् । टेनिसमा शीर्ष वरियताकी आस्ली बार्टी पहिलो चरणबाटै बाहिरिन भने घरेलु खेलाडी नाओमी ओसाकाले विजयी सुरुवात गरिन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेलाडीलाई पदक लगाइसकेपछि फोटो खिच्ने बेला ३० सेकेन्ड माक्स खोल्न अनुमति दिएको छ ।

ओलम्पिकको दोस्रो दिन सम्म चीन ६ स्वर्ण, १ रजत, ४ कास्य  गरी कुल ११ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानले ५ स्वर्ण र १ रजत जितेको छ । तेस्रो स्थानमा रहेको अमेरिकाले ४ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ । 

ताजा खबर