१३ औं साफ आयोजक बन्न नेपालको दावी

२०७८ श्रावण १० आइतबार २०:३९:०० मा प्रकाशित

काठमाडौं । नेपालले दक्षिण एशियाली फुटवल संघबाट १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव प्राप्त गरेको छ । अखिल नेपाल फुटवल संघले आज साफ च्याम्पियनसिप आयोजनाको प्रस्तावबारे जानकारी गराएको हो ।

साफका महासचिव अनवारुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरललाई साफ आयोजनाबारे पत्र पठाएका हुन् । महासचिव इन्द्रमानदे अब साफ आयोजना सम्बन्धी विस्तृत विवरण पठाउने बताए । साफको कार्यसमिति बैठकले अन्तिम निर्णय गर्नेछ । गत शुक्रबार बसेको सदस्य राष्ट्रहरुको भर्चुअल बैठकले साफ अक्टोबरमा गर्ने सहमति गरेका थिए ।

बंगलादेशमा साफ हुने तय भएको थियो । तर बंगलादेशले कोरोना भाइरसका कारण गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि नेपाल, भारत र माल्दिभ्सले आयोजनाको दावेदारी प्रस्तुत गरेका थिए । नेपालले यसअघि सन् १९९७ र २०१३ मा गरी दुइ पटक साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ । २०१३ मा सेमीफाइनल पुगेको नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । नेपालले अहिलेसम्म साफको फाइनल पुग्न सकेको  छैन ।

भारत सर्वाधिक ७ पटकको च्याम्पियन हो । 

ताजा खबर