एकदिवसीय क्रिकेटमा भारतसँग पराजीत भयो श्रीलङका

२०७८ श्रावण ६ बुधबार ०९:५५:०० मा प्रकाशित

कोलम्बो । भारतले दोस्रो एकदिवसीयमा श्रीलङकालाई ३ विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन खेलमो सिरिज कब्जा गर्दै दुइ शून्यको अग्रता बनायो । भारतको जीतमा दिपक चाहरले उत्कृष्ट पारी खेले ।

कोलम्बोमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको थियो । आभिष्का फर्नान्डो र मिनोद भानुकाले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । भानुका ३६ रनमा पहिलो विकेटका रुपमा आउट भए । उनको स्थानमा आएका भानुका राजापाक्षले भने खाता खोल्न सकेनन् । फर्नान्डो ५० रन बनाउँदै मैदान बाहिरिए । चारिथ आसालान्काले ६५ र धनञ्जय डि सिल्भाले ३२ रन बनाएका थिए । चामिका करुणारत्नेले ४४ रन टिमको खातामा थपे । युजविन्द्र चाहल र भुवनेश्वर कुमारले ३–३ विकेट लिए । दिपक चाहरले २ विकेट हात  पारे । 

जवाफमा भारतले ४९ ओभर १ वलमा ७ विकेटको नोक्सानीमा लक्ष्य भेट्यायो । भारतको जीतमा चाहर र भुवनेश्वरले आठौं विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । चाहरले अविजीत ६९ र भुवनेश्वरले १९ रनको योगदान गरे । एकदिवसीयमा चाहरको यो पहिलो अर्ध शतक हो । सुर्यकुमार यादवले ५३ रनको योगदान गरे । उनको पनि एकदिवसीयमा यो पहिलो अर्धशतक हो । क्रुनाल पान्डेयाले ३५ मनिष पान्डेले ३७ र कप्तान शिखर धवनले २९ रन बनाए । पृथ्बी श मात्र १३ रनमा आउट हुदा इशान किशन १ रनमा पवेलियन फर्किए । विनाडु हसरंगाले ३ विकेट लिए ।

पहिलो एकदिवसीयमा श्रीलङका ७ विकेटले पराजित भएको थियो । एकदिवसीयमा श्रीलङकालाई उसकै मैदानमा भारतले लगातार दशौं खेलमा हराएको हो । 

 

ताजा खबर