इङल्यान्ड टि ट्वान्टीमा पाकिस्तानमाथि हावी

२०७८ श्रावण ६ बुधबार ०९:५०:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले पाकिस्तान विरुद्धको तीन खेलको टि ट्वान्टी सिरिज दुइ एकले जितको छ । निर्णायक टि ट्वान्टीमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इङल्यान्ड सिरिज विजेता बनेको हो । 

पाकिस्तानले दिएको १ सय ५५ रनको लक्ष्य इङल्यान्डले १९ दशमलब ४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । जेसोन रोय ६४ मा आउट भएपछिको स्थितीमा इङल्यान्डलाइ जीतका लागि ९ ओभरमा ६१ रन आवश्यक थियो । उसको हातमा ८ विकेट बांकी थियो । पाकिस्तानी स्पिनरले कसिलो वलिङ गर्दै डेविड मालानलाइ खुलेर खेल्न दिएनन् । त्यसपछि  इङल्यान्ड जीतका लागि  चार ओभर ३९ रनमा चाहिने अवस्थामा पुग्यो । तर कप्तान इयोग मोर्गनले पारीलाइ नियन्त्रणमा लिदै  सिरिज दिलाए ।

रोमाञ्चक बनेको खेलमा ३१ रन बनाएका मालान मोहम्मद हाफिजको वलमा बोल्ड भए । एक छक्का हिर्काएका लियान लिभिङस्टोन पनि लगत्तै हाफिजकै शिकार भएका थिए । अन्तिम ओभरमा इङल्यान्डलाइ ६ रन चाहिएको थियो । १९ ओभर दुइ वलमा टिमको स्कोर १ सय ५१ रन हुदा मोर्गन आउट भए । उनले २१ रन जोडे । क्रिस जोर्डनले दुइ वल बांकी छदा खेल टुंग्याए । उनी चार रनमा अविजीत रहे । जस बटलरले २१ रन   बटुले । हाफिजले ३, सदाव खान, उस्मान क्वादिर, हसन अली र इमाद वासिमले १–१ विकेट लिए ।

यसअघि म्यानचेस्टर स्थित ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ७६ रन बनाएका थिए । ५७ वल खेलेका उनले ५ चौका र ३ छक्का हिर्काए । फाखर जमानले २४, सोएब मक्सुदले १३ र बाबर आजमले ११ रन बनाए । आदिल रासिदले ४ विकेट लिएका थिए । यसअघि तीन खेलको एकदिवशीय सिरिज इङल्यान्डले क्लिन स्विप गरेको थियो । टि ट्वान्टीको पहिलो खेल जित्दै पुनरागमनको संकेत गरेको पाकिस्तानले त्यसपछि लगातार दुइ खेल हारेपछि सिरिज गुमायो ।

ताजा खबर