स्पिनर सन्दीप बेलायतबाट निराश भएर भोलि फर्कंदै

२०७८ श्रावण ६ बुधबार ०९:४३:०० मा प्रकाशित

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने अर्को ठूलो प्रतियोगिता खेल्ने अवसरबाट बञ्चित भएका छन् । ढिलो गरी भिसा आएपछि इङल्यान्डमा भएको टि ट्वान्टी ब्लास्ट खेल्न नपाएका  सन्दीपले द हन्ड्रेड प्रतियोगिता पनि गुमाएका हुन् । 

इङल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको एक सय वलको प्रतियोगिता सन्दीपले भिसाकै कारण खेल्न नपाएका हुन् । बेलायतका पुगिसकेका  सन्दीपले प्राप्त गरेको टिएर फाइभ भिसाले खेल्न नपाउने भएका हुन् । बेलायत सरकारले तोकेको होटलमा दश दिन क्वारेन्टिन बसेर सन्दीपले अन्तिम समयमा आफु जुन भिसामा आएको हो त्यो भिसामा खेल्न नपाउने थाहा पाएका थिए । पहिलो पटक आयोजना हुन लागेको हन्ड्रेडमा  सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउन्डमा अनुबन्धन गरेको थियो । प्रतियोगिताका लागि सन्दीप जुलाइ ९ मा बेलायत पुगेका थिए । खेल्न नपाउने भएपछि उनले सामाजीक संजाल मार्फत मेरो भिसा कसरी अवैध भयो भन्दै प्रश्न गरेका थिए ।

अध्यागमनमा कुनै समस्या भएन्, बेलायत सरकारले तोकेको मापदन्ड अनुसार दश दिन क्वोन्टिन बसे, क्वोन्टिन सकिनु केही दिन अघि मात्र क्रिकेट बोर्डले भिसा मान्य नहुने भएको बताएको सन्दीपले फेसबुकमा लेखेका छन् । कहाँ गल्ति भयो, के कमजोरी भयो भन्ने प्रश्न सोधेपनि कसैले जवाफ नदिएको उनको भनाइ छ । आज फेरि सन्दीपले अर्को स्टाटस लेख्दै समय मात्र खराब भएको र सवै कुरा ठीक हुने बताएका छन् ।

द हन्ड्रेड विहिबारबाट सुरु हँुदैछ । सन्दीप विहीबार अथवा शुक्रबार नेपाल फर्कनेछन् । विश्वका विभिन्न फ्रेन्चाइज लिगमा सहभागिता जनाइरहेका स्टार सन्दीप पछिल्लो समय भने निराश हुँदै आएका छन् । यो सिजनको इन्डियन प्रिमियर लिगमा पनि कुनै टिमले सन्दीपलाई आवद्ध गरेन । पाकिस्तान सुपर लिगमा अफगानिस्तानका रासिद खानलाई रिप्लेस गर्दै प्रतियोगिता खेल्न गएका थिए । तर कोभिडका कारण लिगनै स्थगित भयो । टि ट्वान्टी ब्लास्ट पनि इङल्यान्ड क्रिकेट बोर्डलेनै आयोजना गरेको थियो । 

 
 

ताजा खबर