अभिनेत्री शिल्पाका पति पक्राउ

२०७८ श्रावण ५ मंगलबार १७:२२:०० मा प्रकाशित

मुम्बई । अश्लील फिल्म बनाएको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र पक्राउ परेका छन् ।

उनीमाथि अश्लील फिल्म बनाउने कामसँगै केही एप्समा ती फिल्म राख्ने गरेको आरोप लागेको छ । सन् २०२१ को फेब्रुअरीमा उनीमाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रसारण गरेको उजुरी परेपछि क्राइम ब्राञ्च मुम्बईले पक्राउ गरेको संचारमाध्यमले जनाएका छन् ।

राज संलग्न रहेको आफूहरुसँग पर्याप्त प्रमाण भएका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ताजा खबर