लामो कपाल हेर्न हजारौंको भीड, यस्तो छ रहस्य

२०७८ श्रावण ५ मंगलबार १४:२४:०० मा प्रकाशित

काठमाडौं । दुनियाँकै लामो कपाल भएका महिलाहरुलाई हेर्न हजारौँको भीड लाग्ने गरेका छ । एकजना होइन दुइजना होइन, गाउँ भरीका महिलाको लामो कपाल हेर्न भीड लाग्ने गरेको हो । हरेक वर्ष झण्डै ८० हजार मानिस त्यहि लामो कपाल हेर्नकै लागि आउने गरेका छन् ।

कपाल हेर्न हजारौंको भीड लाग्ने गरेपछि पुरै गाउँका महिलाले लामो कपाल पाल्न थालेका हुन् । कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म पाल्ने गरेका छन् । लामो कपालकै कारण दुनियाँमा चर्चित बनेको त्यो गाउँ हो हुआन्गलो ।

गुआंग्झी प्रान्तस्थित सो गाउँ महिलाको लामो कपालकै कारण संसारमा चर्चित बनेको छ । प्रायः रातो रङको कपडा लगाउने उनीहरुले आफ्नो लामो कपाल हुँदा निकै गौरवान्वित महसुस गर्छन् । यो गाउँले दुनियाँको सबैभन्दा लामो कपाल भएका महिलाको गाउँ भनेर गिनिज बुकमा समेत नाम दर्ता गराइसकेको छ ।

सन् १९८७ सम्म यस गाउँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउन पाउँदैन थिए । केवल पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने प्रचलन यस गाउँमा थियो । आफुले पनि पुरुष सरह कपाल देखाउन पाउनु पर्छ भनेर यस गाउँका महिलाले नीलो स्कार्फले छोपेर नुहाउने चलन विस्तारै हटाउँदै गए ।

अनि कपाल छोप्ने परम्परा विस्तारै हट्दै गयो । पछि त्यहि कपालले गर्दा गाउँको नाम चर्चित भयो र सबैले गौरव गरे । लामो लामो कपाल अहिले पर्यटनसँग जोडिएपछि महिलाले त्यसलाई पर्यटन प्रवध्र्दनको माध्यमका रुपमा लिन थालेका छन् । जसको लामो कपाल छ त्यही हेर्नका लागि संसारकै मानिस त्यहाँ पुग्न थालेपछि महिलालाई कपाल पाल्न अनिवार्य गरिएको छ । (एजेन्सीको सहयोगमा kalopatinepal.comले प्रकाशन गरेको सामग्री)
 

ताजा खबर