संकटमा टोकियो ओलम्पिक: जनमत बुझेपछि ठूलो प्रायोजक टोयोटा पछि हट्यो

२०७८ श्रावण ५ मंगलबार १३:४१:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिकको मख्य प्रयोजक मध्येको एक टोयोटाले प्रतियोगिता सम्बन्धी सवै टेलिभिजन विज्ञापन रद्ध गरेको छ । महामारीका बीच हुन लागेको ओलम्पिक प्रति  बहुमत जापानी नागरिकले असहमति जनाएपछि टोयोटाले टेलिभिजन विज्ञापन संचालन नगर्ने निर्णय गरेको हो । टोयोटा मोटर कर्पोरेसनका अध्यक्ष आकियो टोयाडा ओलम्पिक उद्घाटन समारोहमा पनि नजाने भएका छन् । टोयोटाले विज्ञप्ति जारी गर्दै टि विज्ञापन रद्ध गरेको र अध्यक्ष उद्घाटनमा नजाने जानकारी दिएको हो । 

टोयोटाको यो कदमले ओलम्पिकबाट उसले आफुलाई अलग राख्न चाहेको संकेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुइ तिहाइ भन्दा बढी जापानी नागरिकले भाइरस फैलिने डरले ओलम्पिकको विपक्षमा मत दिएपछि टोयोटाले आफ्नो ब्रान्डलाई नकारात्मक असर पर्ने भन्दै यस्तो निर्णय गरेको बुझिएको छ । नागरिक माझ विवादको बिषय बनेको प्रतियोगितासँग जोडिँदा यसले ब्रान्डलाई फाइदा भन्दा नोक्सान पुर्याउने टोयोटाको डर छ । ओलम्पिकमा दर्शकलाई प्रवेश नदिने आयोजकको निर्णय पछि प्रायोजकहरु निराश भएका हुन् । ओलम्पिक आउनु भन्दा एक महिना अघि विदेशी समर्थकलाई जापान प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । केही साता बाँकी हुँदा मात्र आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले विना दर्शक प्रतियोगिताका सवै खेल संचालन गर्ने घोषणा गरेका थिए् ।

अधिकांश प्रायजेकले आयोजको निर्णय प्रकृया एकदमै सुस्त हँुदा निराशा उत्पन्न भएको बताएका छन् । आयोजकलाई मुख्य प्रयोजकहरुसँग छलफल नै नगरी निर्णयहरु गरेको आरोप पनि लागेको छ । दर्शक नहुने भएपछि प्रयोजकहरुले ओलम्पिकमा आफ्नो भुमिका नै नभएको प्रतिृकया दिएका छन् । कोभिडकै कारण एक वर्ष ढिलो सुरु भएको ओलम्पिकलाई ६० कर्पोरेसन हाउसले ३ बिलियन डलर भन्दा बढी प्रयोजन  गरेका छन् । जापानले कुनैपनि इभेन्टसका लागि पा्प्त गरेको यो अहिलेसम्मकै ठुलो प्रयोजन रकम हो । २०१३ मा जापानले ओलम्पिक आयोजनाको अधिकार प्राप्त गर्दा विदेशी समर्थकले टिकट , होटल र अन्यमा गरी करिब २ विलियन डलर खर्च गर्ने अनुमान गरिएको थियो । टोयोटाले आफुले प्रयोजन गरेका एथ्लिटहरुलाई समावेश गरेर टिभि विज्ञापन संचालन गर्ने योजना बनाएको थियो । पछिल्लो समय गरिएको एक सर्वेक्षणमा ६८ प्रतिशत नागरिकले ओलम्पिकको विपक्षमा मत दिएका छन् । 

ताजा खबर