इङल्यान्ड र पाकिस्तान टि ट्वान्टीको बराबरीमा

२०७८ श्रावण ४ सोमबार ११:३८:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले पाकिस्तान विरुद्धको तीन खेलको टि ट्वान्टी सिरिज एक एकको बराबरी गरेको छ । पहिलो खेलमा ३१ रनले पराजित भएको घरेलु टोली इङल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो खेलमा पाकिस्तानलाई ४५ रनले पराजित गर्यो ।

इङल्यान्डले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । बाबर आजाम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि पावर प्लेमा ५० रनको साझेदारी गरेका थिए । उत्कृष्ट सुरुवात गरेको पाकिस्तानले मध्यक्रमका ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किएपछि एक खेल अगावै सिरिज जित्ने अवसर गुमायो । इङल्यान्डका वलरले कसिलो बलिङ गरेपछि पाकिस्तानी ब्याट्सम्यान दवावमा आएका थिए ।

कप्तान बाबर २२ रनमा  पहिलो विकेटका रुपमा मैदान बाहिरिए । रिजवानले ३७ रन जोडे । सोएब मक्सुद १५, मोहम्मद हाफिज १०, फाखर जमान ८, आजम खान १ रनमा आउट भए । इमाद वासिमले  २० रन बनाएका थिए  । सदाव खानले अविजीत ३६ रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । सकिव महमुदले ३, आदिल रासिद र मोइन अलीले २–२  तथा टम करण र म्याट पार्किन्सनले १–१ विकेट लिए । यसअघि लिड्समा टस हारेर ब्याटिङ गरेको इङल्यान्डले एक वल बाँकी छँदा अल आउट हुँदै २ सय रनको योगफल बनाएको थियो । जेसोन रोय १० र डेविड मलान १ रनमा आउट भएका थिए । १८ रन दुइ विकेटको स्थितिमा रहेको इङल्यान्डलाई मोइन अली र जस बटलरले अघि बढाएका थिए ।

यी दुइले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै पारी सम्हाले । अलीले १६ वलमा ३६ र बटलरले ३९ वलमा ५९ रनको योगदान गरे । लियाम लिभिङस्टोनले ३८  रनको पारी खेले । क्रिस जोर्डनले १४ रन,  जोनी ब्रेस्टोले १३, र टम करणले ९ रन बनाए । मोहम्मद हस्नेनले ३, इमाद वासिम र ह्यारिस रौफले २–२ विकेट लिए । इङल्यान्डले टि ट्वान्टी दुइ सय रन बनाएको खेल अहिलेसम्म हारेको छैन । तेस्रो तथा निर्णायक टि ट्वान्टी भोली हुनेछ ।

ताजा खबर