भारतसँग ७ विकेटले श्रीलङका पराजीत

२०७८ श्रावण ४ सोमबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । शिखर धवन नेतृत्वको भारतीय क्रिकेट टिमले श्रीलङका विरुद्धको पहिलो एकदिवसीयमा ७ विकेटको जीत हात पारेको छ । भारतको जीतमा धवनले कप्तानी पारे खेले ।

कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङकाले ५० ओभरमा ९ विकेटक गुमाएर २ सय ६२ रन बनाएके थियो । उसका लागि चामिका करुणारत्नेले सर्वाधिक ४३ रन जोडे । नट आउट रहेका उनले १ चौका र २ छक्का प्रहार गर्दै ३४ वलको सामना गरे ।

कप्तान दासुन सानाकाले ३९, चारुथ आसालान्काले ३८, आभिष्का फर्नान्डोले ३३ र मिनोद भानुकाले २७ रन बनाएका थिए । भानुका राजापाक्षले २४ रन र धनन्जय डि सिल्भाले १४ रन थपे । कुलदिप यादव, युजबेन्द्र चाहल र दिपक चाहरले २–२ विकेट लिए । हार्दिक पान्डेया र क्रुनाल पान्डेयाले १–१ विकेट बाँडे । जवाफमा भारतले ३६ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।  भारतलाइ पृथ्वी शले उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले २४ वलमा ४३ रनको विस्फोट पारी खेले । पृथ्वीले  ९ चौका हिर्काएका थिए । धवनले ९५ वलमा अविजीत ८६ रनको योगदान गरे । 

एकदिवसीयमा डेब्यु गरेका इशान किसनले ४२ वलमा ५९ रन जोडे । उनले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो जन्मदिन पनि विषेश बनाए । मनिष पान्डेले २६ र जोड्दा सुर्याकुमार यादवले अविजीत ३१ रन बनाए । सुर्यकुमारको पनि एकदिवशीयमा यो डेब्यु खेल हो । धनन्जय डि सिल्भाले २ विकेट लिए । धवन भारतीय टिमको कप्तानी गर्ने ३६ वर्ष यताकै सवैभन्दा पाको खेलाडी हुने । उनले ३५ वर्ष २ सय २५ दिनमा कप्तानी सम्हाले । यसअघि १९८४ मा ३४ वर्ष ३७ दिनमा मोहिन्दर अमरनाथले भारतको कप्तान्ी गरेका थिए ।

जीतपछि भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । 

ताजा खबर