अलराउन्डर सोमपाल बने चितवनको कप्तान

२०७८ श्रावण ४ सोमबार ११:२८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय टिमका अल राउन्डर सोमपाल कामीले एभरेस्ट प्रिमियर लिग इपिएलमा चितवन टाइगर्सको कप्तानी सम्हाल्ने भएका छन् । फ्रेन्चाइज टिम चितवले विज्ञप्ती जारी गर्दै सोमपाललाई कप्तानको जिम्मेवारी दिएको जानकारी दिएको हो ।

सोमपाल चितवनका मार्की खेलाडी पनि हुन् । प्लेयर ट्रेड नियम अनुसार काडमाडौं किंस इलाभेनका सोमपाल चितवन र चितवनका दिपेन्द्र सिंह ऐरी काठमाडौं पुगेका  थिए । सोमपालसँग फ्रेन्चाइजी टिमको कप्तानी सम्हालेको अनुभव छ । सोमपालले नेतृत्वदायी भूमिकामा आफुलाई विश्वास गरेकोमा चितवन टाइगर्स ब्यबस्थापन प्रति धन्यवाद ब्यक्त गरेका छन् । नयाँ चुनौतीको सामना गर्न उत्साहि रहेको उनको भनाइ छ । तीव्र गतिका वलर सोमपालले टि ट्वान्टी अन्तर्राष्ट्रियमा एक सय विकेट पुरा गरेका छन् । 

चौथो संस्करणको इपिएल असोस ९ गते देखि टियु मैदानमा हुनेछ ।

ताजा खबर