राष्ट्रिय फुटबल खेलाडी साबित्राको घुँडाको शल्यक्रिया सफल

२०७८ श्रावण १ शुक्रबार १०:००:०० मा प्रकाशित

काठमााडौं । राष्ट्रिय महिला फुवटल टिमकी स्ट्राइकर सावित्रा भन्डारीको घुँडाको सफल शल्यकृया भएको छ । कतारमा सावित्राको दांया घुँडाको शल्यकृया भएको हो । 

गोल मेसिनको उपनामले परिचित सावित्राको, अखिल नेपाल फुटवल संघ र कतार फुटवल संघसँगको सहकार्यका आधारमा उपचार भएको हो । उनको दोहास्थित एस्पेटर स्पोर्टस मेडिसिन एन्ड अर्थोपेडिक अस्पतालमा करिब ४५ मिनेट शल्यकृया गरिएको हो । सावित्राको एन्टेरियर क्रुसिएट लिगामेन्ट एसिएल र मिनिस्कसको शलयकृया भएको छ । अब उनी करिब एक वर्षको आराम पछि मैदानमा फर्कन सक्ने बताइएको छ । 

यो बीचमा सावित्राले सेप्टेम्बरमा घरेलु मैदानमै हुने एशीयन कप छनोट खेल गुमाउने छिन् । छनोटमा नेपालले हङकङ र फिलिपिन्स संग प्रतिस्पर्धा गर्नेछ । सावित्रा गत असार १२ गते उपचारका लागि कतार गएकी थिइन् । स्टार स्ट्राइकर सावित्रा गत फागुनमा भएको राष्ट्रिय महिला लिगका क्रममा घाइते भएकी हुन्  ।

एपीएफ क्लबकी सावित्रा नेपाल पुलिस क्लब बिरुद्धको खेलमा चोटग्रस्त बनेकी थिइन् । उनी ७९ औं मिनेटमा घुंडामा चोट लागेपछि मैदानबाट बाहिरिएकी थिइन् । सो लिगमा सावित्राले सात ह्याट्रिक सहित कुल ४३ गोल गरेकी थिइन् । लिगमा सावित्रा उत्कृष्ट स्ट्राइकर घोषित भएकी थिइन् । सावित्रा राष्ट्रिय टिमकी उच्च गोलकर्ता हुन् । उनको नाममा ३८ गोल छ । 

ताजा खबर