टोकियो ओलम्पिक जाने भए जोकोभिचल 

२०७८ श्रावण १ शुक्रबार ०९:५४:०० मा प्रकाशित

टोकियो । विश्व नम्बर एक नोभाक जोकोभिचले टोकियो ओलम्पिकमा आफ्नो सहभागिता निश्चित गरेका छन् । गत आइतबार विम्बल्डन जितेपछि सर्वियन जोकोभिचले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने बारे अन्यौल रहेको बताएका थिए । तर २० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले ट्विटर मार्फत टोकियो जानकाालगि टिकट काटिसकेको भन्दै सहभागिता पुष्टि गरेका हुन् । स्टार खेलाडीले नाम फिर्ता लिइरहेको समयमा जोकोभिचले सहभागिताले समर्थकलाई उत्साहित बनाएको छ ।

योसँगै जोकोभिचले गोल्डेन स्लाम पुरा गर्ने संभावना पनि उच्च भएको छ । यो वर्ष उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन । जोकोभिचले गत आइतबार मात्र अल इङल्यान्ड क्लबमा इटालीका माटियो बेरेटेनीलाइ चार सेटमा पराजित गर्दै छैटौं विम्बल्डन र करियरको २० औं ग्रान्डस्लाम जितेका थिए । यदि जोकोभिचले ओलम्पिकमा स्वर्ण र सेप्टेम्बरमा युएस अ‍ोपन जिते गोल्डेन स्लाम पुरा गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान बनाउनेछन ।

अहिलेसम्म जर्मनीकी स्टेफी ग्राफीले मात्र गोल्डेन स्लाम पुरा गरेकी छिन् । उनले सन १९८८ मा यो सफलता हात पारेकी हुन् । टोकियोमा स्वर्ण जित्ने जोकोभिचको प्रवल संभावना पनि छ । स्पेनका रफायल नाडाल, स्विस स्टार रोजर फेडेरर, अस्ट्रियाका डोमिनिक टिमले आफ्नो नाम फिर्ता लिइसकेका छन् । महिला तर्फ सेरेना विलियम्स, सिमोना हालेप, एंजेलिक कर्बर लगायतले नाम फिर्ता लिएका छन् । ओलम्पिक २३ जुलाइ बाट सुरु हुनेछ । टेनिसका खेलहरु २४ जुलाइबाट संचालन हुनेछन् । 

ताजा खबर