फस्टाउँदो उद्योग - व्यवसाय छोडेर बिनोद चौधरी किन तानिए राजनीतिमा ?

२०७८ असार ३१ बिहीबार १३:१६:०० मा प्रकाशित

एक सफल उद्योगपति विनोद चौधरी फोर्ब्स म्यागेजिन पत्रिकामा सुचिकृत नेपालका एकमात्र खर्बपती हुन्। तर हालैका  दिनमा उनको रुचि र व्यस्तता उद्यममा भन्दा राजनीतितर्फ बढ्दै गएको छ। उनी नेपाली कांग्रेसको प्लेटफर्मबाट ूफुलटाइमू राजनीतिमा प्रवेश गरिसकेका छन्।

सफल हुँदै गएको व्यवसाय छँदाछँदै विनोद चौधरी किन राजनीतिमा आए ? विनोद चौधरीलाई राजनीतिमा नआइ नहुने त्यस्तो के कारण या वाध्यता आइलाग्यो ? के राजनीतिक दलहरुलाई चन्दा दिँदादिँदा वाक्क लागेर, दिनेभन्दा लिने ठाउँमै जान्छु भनेर त राजनीतिमा लागेका होईनन् ? के उनी राजनीतिमा सफल होलान् त ? राजनीतिमा सफल हुनू भनेको त 'प्रधानमन्त्री' हुन्छु भन्नू हो नि !

यी र यस्तै सन्दर्भमा आफ्नो राजनीतिक यात्रा, मुद्दा र प्राथमिकताका बिषयमा विनोद चौधरीले दृश्य टेलिभिजनको 'वाइड एंगल' मा बिस्तृत कुराकानी गरेका छन्, हेरौं चौधरीको रोचक बिचार- 

(तस्बिर पव्लिकेशन नेपालयबाट साभार)

ताजा खबर