कोरोना भाईरसले भयभित छ टोकियो ओलम्पिक

२०७८ असार ३१ बिहीबार १०:१४:०० मा प्रकाशित

जापान । टोकियो अमोलम्पिक सुरु हुन अब मात्र आठ दिन बाँकी छ । अर्थात २३ जुलाइमा विश्व खेलकुदको महाकुंभ ओलम्पिकको उद्घाटन हुँदैछ ।

ओलम्पिक सुरु हुने दिन नजिकै जाँदा टोकियोमा कोरोना भाइरस सक्रमणको दरमा भने बृद्धि भएको छ । टोकियोमा ६ महिना यताकै उच्च संख्यामा भाइरसका संक्रमित भेटिएका छन् । बुधबाट टोकियोमा १ हजार १ सय ४९ जनामा भाइरस पुष्टि भएको छ । यो गत जनवरी २२ यताकै उच्च सख्या हो । जापान सरकारले अहिले टोकियोमा आपतकाल लगाएको छ । गत सोमबारबाट कार्यान्वयनमा आएको आपतकाल २२ अगस्टसम्म रहनेछ ।

ओलम्पिक २३ जुलाइ देखि ८ अगस्टसम्म हुनेछ । ब्राजिलियन ओलम्पिक टिम बसेको होटलका सात जना स्टाफमा भाइरस पोजेटिभ आएको छ । ३१ सदस्यीय ब्राजिल टिम सोही होटलको बबलमा रहेको जनाइएको छ । कतारमा एक पदाधिकारीलाई कोरोना भाइरस भएपछि शरणार्थीको टोली जापान पुग्न समय लाग्ने भएको छ ।

यस्तै दक्षिण अफ्रिकाको रग्बी टिम पनि एक सदस्य संक्रमित भएपछि आइसोलेनसमा रहेको छ । रुसका सात जना महिला टिमका रग्बी खेलाडी आइसोलेसनमा बस्न बाध्य भएको उल्लेख गरिएको छ । कोरोनाकै कारण गत वर्ष हुनु पर्ने ओलम्पिक यो वर्षका लागि सारिएको हो । भाइरस फैलिन नदिन ओलम्पिक विनादर्शक हुँदैछ । २८ देशमा गरिएको मत सर्वेक्षणमा भने मानिसहरुको ओलम्पिक प्रतिको चासो एकदमै कम पाइएको छ । जम्मा ४६ प्रतिशत मानिसले मात्र ओलम्पिकमा ध्यान दिइएको उल्लेख गरिएको छ । जापानमा भने ७८ प्रतिशत नागरिक ओलम्पिकको विपक्षमा देखिएका छन् ।

कोरोनाको भयका कारण हाइप्रोफाइल खेलाडीले ओलम्पिकबाट आफ्नो नाम फिर्ता लिएका कारण पनि मानिसहरुमा ओलम्पिकलाई लिएर उत्सुकता नभएको हुन सक्ने जनाइएको छ । जापान सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने महामारीको समयमा टोकियो ओलम्पिक नयाँ उर्जा हुने विश्वास ब्यक्त गरेका छन । अहिले सहभागी देशका टिमहरु टोकियो पुग्ने क्रम जारी छ । 

ताजा खबर