पुसमा सर्ट फिल्म फेस्टिभल हुने

२०७४ मङ्सिर १३ बुधबार १२:०८:०० मा प्रकाशित

काठमाडौं,१३ मंसीर । पहिलो र दोस्रो सर्ट फिल्म फेस्टिभलको सफलता पछि अब  तेस्रो संस्करणको ‘काठमाडौं सर्ट फिल्म फेस्टिभल–२०१७’ हुने भएको छ ।

छाँयाछवि क्रिएसनले आयोजना गर्न लागेको फेस्टिभलका लागि आयोजकले छोटा फिल्म दर्ता गराउन निर्माता तथा निर्देशकलाई आव्हान गरेको छ । यही  पुषको अन्त्यमा हुने  फेस्टिभलका लागि आयोजकले  मंसिर १५ सम्म सर्ट फिल्म दर्ता गराउन समय दिएको छ ।

यसमा वृत्तचित्र, चलचित्र, कार्टुन÷एनिमेशन फिल्मले भाग लिन पाउनेछन् । फिल्मको लम्बाई ३ मिनेट देखि ४५ मिनट भित्रको हुनुपर्ने क्रिएसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । ‘जुनसुकै विधा र शैलीका फिल्मले पनि फेस्टिभलमा भाग लिन पाउने छन् ।’

फेस्टामा छोटा फिल्मको प्रदर्शनसँगै फिल्मसम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि गरिने आयोजकले जनाएका छन् । फेस्टिभलमा सहभागी फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कारसँगै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, ‘इनकरेजमेन्ट अवार्ड’ र ‘पब्लिक च्वाइस अवार्ड’ सहित केहि विधामा अवार्ड पाउनेछन् ।

ताजा खबर