अमेरिकाले चैं प्रधानमन्त्रीकै हातमा बुझायो खोप

२०७८ असार २८ सोमबार १४:४१:०० मा प्रकाशित

काठमाडौं । अमेरिका सरकारले नेपाललाई उपलव्ध गराएको कोरोना भाइरस विरुध्दको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बुझाइपर््एको छ । अमेरिकी सरकारले उपलब्ध गराएको आज नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री ओलीका हातमा हस्तान्तरण गरे। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने भन्दै खुशी व्यक्त गरे ।
अरु देशबाट आएका खोपहरु मन्त्रीहरुले बुझ्दै आएकामा अमेरिकाले भने प्रधानमन्त्री नै रोजेको छ । खोप आज बिहान १० बजे कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो ।

ओलीले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा पुर्याइएको सहयोग तथा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई गरेको आग्रहबमोजिम कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन ऐक्यबद्धता जनाएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै खोप उपलब्ध गराइएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने    बताए ।

प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खोप प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निःशुल्क दिइने छ ।  प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि मुलुक आर्थिक समृद्धिमा लाग्ने बताए। 

कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउने सकिने बताए। उनले कोभिड–१९ को लडाइँमा अमेरिकी सरकारले नेपाललाई सहयोग पु¥याउँदै आएको जनाउँदै महामारीविरुद्धको लडाइँमा सबै एक जुट हुनुपर्ने बताए। 

अमेरिकी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । सो खोप एक पटक लगाए पुग्छ । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ।

नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ ।  

ताजा खबर