मेसीको सफलताको कथा रच्दै अर्जेन्टिनाले उचाल्यो कोपाअमेरिकाको उपाधि

२०७८ असार २७ आइतबार ११:५१:०० मा प्रकाशित

काठमाडौं । अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधीको खडेरी तोडेको छ । आज भएको कोपा फाइनलमा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई एक शून्य गोलले पराजित गर्दै उपाधी जितेको हो । लियोनल मेसीको पनि राष्ट्रिय टिमबाट पहिलो सफलता हात पारे । अर्जेन्टिनाले सन १९९३ मा कोपा जितेयता कुनैपनि प्रतियोगिताको उपाधी हात पार्न सकेको थिएन ।

रियो दि जनेरियोस्थित माराकाना स्टेडियममा सिमीत दर्शक बीच भएको फाइइनलमा अर्जेन्टिनाले २२ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ३३ वर्षिय भेट्रान स्ट्राइकर एंजल डि मारियाले गोलकिपरको टाउको माथिबाट गोल गरेका थिए । उनले सन् २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्स विरुद्ध गोल गरे यता पहिलो गोल गरेका हुन् । यो कोपामा केवल दोस्रो खेलमा सुरुवाती एघारमा  परेका डि मारियाले प्रशिक्षक स्कोलोनीको छनोटमा न्याय गरे ।

 

दोस्रो हाफमा ब्राजिलले अर्जेन्टिना माथि दवाव बनाएपनि गोल फर्काउन सकेन । ५२ औं मिनेटमा रिचार्लिसनले ब्राजिलका लागि गोल गरेका थिए । तर दुर्भाग्य उनको गोल अफसाइड घोषित भयो । ८७ औं मिनेटमा ब्राजिलका गाब्रिएल बारबोडोसाको पहार अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले उत्कृष्ट बचाउ गरे । लगत्तै मेसी गोलको नजिक पुगेर पनि असफल भए । उनले मात्र ६ यार्डबाट वान भर्सेस वानमा गोल सकेनन् । यसका बाबजुत अर्जेन्टिनाले आफ्नो अग्रता अन्तिम समयसम्म जोगाउँदै १५ औं कोपा उपाधी उचाल्यो । योसँगै उसले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेसँग कीर्तिमान बराबरी गर्यो । 

साविक विजेता ब्रासिजल भने दशौं कोपा जित्न असफल भयो । अर्जेन्टिनाका स्कोलोनीको पनि प्रशिक्षकका रुपमा यो पहिलो उपाधी हो । अर्जेन्टिना २० खेल देखि अपराजित छ । पछिल्लो पटक उसले २०१९ को कोपाको सेमीफाइनलमा ब्राजिलसँगै हारेको थियो । आजको खेलमा ब्राजिलियन स्ट्राइकर नेइमारले प्रभाव देखाउन सकेनन् ।

मेसीको सफलता

अन्तत मेसी राष्ट्रिय टिमबाट पहिलो उपाधी जित्न सफल भएका छन । उनले पाँचौ फाइनलमा आएर उपाधी उचालेका हुन् । क्लब फुटवलमा बार्सीलोनाका लागि १० पटक ला लिगा र चार पटक च्याम्पियन्स लिग जितेका मेसी अर्जेन्टिनाका लागि केही गर्न नसकेको भन्दै आलोचित हुँदै आएक थिए । यसअघि उनी २००७, २०१५ र २०१६ को कोपा तथा २०१४ विश्वकप फाइनलमा उपविजेता बनेका थिए । समग्रमा चार विश्वकप र ६ कोपा गरेर ५३ खेलपछि उपाधी खडेरी तोडे । राष्ट्रिय टिममा डेब्यु गरेको १५ वर्ष पछि मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई च्याम्पियन बनाए । गत महिना मात्र ३४ वर्ष मेसी ६ पटक बलुन डि योर विजेता हुन् । संभवत कतार विश्वकप उनको करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । 

ताजा खबर