कोपाअमेरिकाको फाईनल भोलि: छ हजार दर्शकको उपस्थितिमा ब्राजिल र अर्जेन्टिना भिड्दै

२०७८ असार २६ शनिबार ०९:३०:०० मा प्रकाशित

काठमाडौं । कोपा अमेरिकाको फाइनलमा सीमित दर्शकले रंगशालामा प्रवेशको अनुमति पाउने भएका छन् । ब्राजिलको रियो दि जनेरियोमा भोली हुने फाइनलमा घरेलु टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन् ।

रियो दि जनेरियाकोस्थित मराकाना स्टेडियममा साविक विजेता ब्राजिल र अर्जेन्टिना मध्ये एकले दर्शकको उपस्थितिमा उपाधी उचाल्ने छ । जनेरियाका मेयरले स्टेडियमको क्षमताको दश प्रतिशत अर्थात् ६ हजार ५ सय दर्शकलाई अनुमति दिने बताएका छन् । दक्षिण अमेरिकी फुटवल महासंघले आमन्त्रण गरेका ब्यक्तिले मात्र प्रवेश पाउनेछन् ।

स्टेडिय प्रवेश गर्नु अघि कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । स्टेडियममा दर्शकलाई कुनै निश्चित क्षेत्रमा नभएर छरेर राखिने जनाइएको छ । यो पटक यसअघिका कोपा अमेरिकाका सवै खेल बन्द रंगशालामा भएका थिए । वर्षको सुरुवातमा माराकानामा भएको दक्षिण अमेरिकी क्षेत्रको क्लब प्रतयोगिताको फाइनलमा दर्शकलाई अनुमति दिइएको थियो । तर उनीहरुले कोरोना नियमको उल्ङघन गरेका थिए । कोपामा भने यसबारे सचेत भएको मेयरको कार्यलयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ब्राजिलमा कोरोनाको स्थिति नाजुक हुँदाहुँदै पनि प्रतियोगिता आयोजना गरेको भन्दै सरकारको ब्यापक आलोचना भइरहेको छ । जुनको अन्तिममा कोपासँग जोडिएका १ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

ताजा खबर