कोरोना खोप: ८ लाख डोज आयो, साउन ८ सम्म ४० लाख डोज आउने

२०७८ असार २५ शुक्रबार ११:०५:०० मा प्रकाशित

काठमाडौं । सरकारले चीनबाट कोभिड विरुद्धको खोप भेरोसेल खोपको ८ लाख डोज ल्याएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजले आज बिहान भेरोसेल खोप ल्याईएको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार, चीनको सिनोफार्म कम्पनीसँग नेपालले किनेको खोपको पहिलो खेप लिन वाइडबडी जहाज बिहीबार साँझ चीन गएको थियो ।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत ४० लाख डोज भेरोसेल खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । असार ३१ गते वाइडबडी जहाज खोप लिन जानेछ र साउन १ गते खोप ल्याउनेछ । साउन ७ गते पुनः वाइडबडी जहाज चीन गएर साउन ८ गते नेपालमा खोप ल्याउने छ । 

सरकारले सरकार-सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन लागेको हो । खोप आइसकेपछि ६० वर्षमुनि उमेर समूहलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयले जनाएको छ ।

ताजा खबर