दर्शकबिना नै उद्घाटन हुने भयो टोकियो ओलम्पिक

२०७८ असार २५ शुक्रबार १०:२९:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसका कारण टोकियो ओलम्पिक विनादर्शक आयोजना हुने भएको छ । आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्थानिय दर्शकलाई पनि प्रवेश नदिने निर्णय गरेको हो । अब टोकियो ओलम्पिक टेलिभिजनमा मात्र हेर्न पाइनेछ । जापान सरकारले विदेशी समर्थकलाई रोक लगाउने निर्णय एक महिना अघि नै गरेको थियो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन बन्द स्टेडियममा खेल खेलाइने निष्कर्षमा आयोजक पुगेको हो । यस्तै जापानले कोभिड आपतकाल घोषणा पनि गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले डेल्टा स्ट्रेनको असरबाट बच्न आपतकाल जरुरी रहेको बताए । आगामी सोमबारबाट लागु हुने आपतकाल २२ अगस्टसम्म रहनेछ । चिकित्सक, स्थानीय नागरिक र सरोकारवाला निकायको विरोधका बाबजुद पनि जापानले टोकियो ओलिम्किप आयोजना गर्दैछ ।

ओलम्पिब २३ जुलाइबाट सुरु भएर ८ अगस्टमा सकिने छ । टोकियोमा भाइरस संक्रमणको दर अत्यासलाग्दो नभएपनि ढुक्क हुने स्थिति नरहेको बताइएको छ । विहीबार टोकियोमा ८ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । जुन अघिल्लो साताको भन्दा बढी हो । ओलम्पिक उद्घटान पनि विनादर्शक हुनेछ । ओलम्पिक उद्घाटन सवैभन्दा बढी हेरिने इभेन्टमा पर्छ । ओलम्पिकमा दुइ सय भन्दा बढी देशका करिब ११ सय एल्थिटले भाग लिनेछन् ।

खेलाडीहरु टोकियो पुग्ने क्रम सुरु भएको छ । नेपालबाट पनि पौडीकी गौरिका सिंह, एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी गरी पाँच खेलाडीले भाग लिनेछन् । पौडी टिम टोकियो पुगेको छ । 

ताजा खबर