कोपाअमेरिका फाईनल आईतबार: मेसिको अर्जेन्टिना र नेयमारको ब्राजिलवीच भिडन्त

२०७८ असार २३ बुधबार १०:१५:०० मा प्रकाशित

काठमाडौं । कोपा अमेरिकाको उपाधीका लागि लियोनल मेसीको अर्जेन्टिना र नेइमारको ब्राजिल बीच प्रतिस्पर्धा हुने भएको छ । अर्जेन्टिना आज भएको सेमीफाइनलमा कोलम्बियालाई पेनाल्टिमा ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि पेनाल्टि भएको थियो । जहाँ अर्जेन्टिनाका गोलकिपर मार्टिनेज नायक सावित भए । उनले कोलम्बियाका तीन पेनाल्टि रोकिदिए । सुरुवातमा कोलम्बियाका हुवान क्वाडार्डोले सहजै पेनाल्टीलाइ गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनल मेसीले पेनाल्टमा गोल गरे ।

कोलम्बियाका डेभिन्सन सान्चेज र अर्जेन्टिनाका रोद्रिगो दि पलले पेनाल्टिमा चुकेपछि खेल रोमाञ्चक बनेको थियो । दि पलले हावामा उडाए भने सान्चेजको मार्टिनजेले रोके । यरी मिना र एडविन कार्डोनाको प्रहर पनि मार्टिनजेले विफल पारिदिएपछि अर्जेन्टिना उपाधी नजिक पुगेको हो ।

अर्जेन्टिनाका लौतारौ मार्टिनेजले विजयी पेनाल्टि प्रहार गरेका थिए । यसअघि अर्जेन्टिनाले खेलको सातौं मिनेटमानै अग्रता लिएको थियो । मेसीको पासमा लौतारो मार्टिनजेले गोल गरेका थिए । ६१ औं  मिनेटमा लुइस डियाजले गोल गर्दै खेल बराबरी गरेका थिए । मेसीका लागि यो पटक राष्ट्रिय टिमबाट पहिलो उपाधी जित्ने सुनौलो अवसर छ । 

अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधी जितेको थियो । ब्राजिल उपाधी रक्षा गर्ने लक्ष्यमा छ ।

फाइनल खेल आइतबार विहान हुनेछ । 

 

ताजा खबर