कोपाअमेरिका: अब अर्जेन्टिना या कोलम्बोसँग भिड्ने छ ब्राजिल, सशक्त टिम पेरु पराजित

२०७८ असार २२ मंगलबार ०९:०९:०० मा प्रकाशित

काठमाडौं । ब्राजिल एक गोलको सहायतामा पेरुलाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आज रियो द जनेरियामो भएको सेमीफाइनलमा साविक विजेता ब्राजिलले पेरु माथि एक शून्य गोलको जीत हात पार्यो ।

ब्राजिलको जीतमा पहिलो हाफमा लुकास पाकेताले गरेको गोल निर्याायक बन्यो । ब्राजिलले अब उपाधीका लागि अर्जेन्टिना र कोलम्बिया बीचको विजेतासँग खेल्नेछ । यी दुइको सेमीफाइनल भोली हुनेछ । ब्राजिलले घरेलु मैदानमा आयोजना भएको हरेक कोपा अमेरिकाको उपाधी जित्दै आएको छ । पेरु विरुद्ध सुरुवाती २० मिनेटमा ब्रालिले दुइ अवसर गुमाएको थियो । नेइमार र रिचार्लिसनको प्रहारमा पेरु गोलकिपर पेड्रो ग्यालिस बाध   बने । क्यासिमेरो पनि सफल भएनन् ।

३५ औं मिनेटमा पाकेताले डेडलक तोडे । नेइमारले तीन डिफेन्डरलाई छल्दै दिएको उत्कृष्ट क्रसमा उनले गोल गरेका थिए । जारी कोपामा उनको यो दोस्रो गोल हो । पाकेताले क्वाटरफाइनलमा चिलीलाई एक शून्यले हराउँदा पनि निर्णायक गोल गरेका थिए । खेलपछि नेइमारले पाकेताको खुलेर प्रशंसा गरे । हरेक खेलमा पाकेता उत्कृष्ट हुँदै गएको नेइमारको भनाइ थियो ।

पेरुका जानलुका लापादुलाले गोल फर्काउने अवसर पाएका थिए । तर उनको प्रहार ब्राजिल गोलकिपर एडरसनले विफल पारिदिए । सन् २०१९ मा ब्राजिलले पेरुलाईनै हराएर उपाधी जितेको थियो । 

ताजा खबर