टेलिकमले पठायो खबरदारी म्यासेज 

२०७४ मङ्सिर १२ मंगलबार १६:४४:०० मा प्रकाशित

काठमाडौं, मंसीर १२ । नेपाल टेलिकमले ग्राहक वर्गलाई म्यासेज गरेर खबरदारी गरेको छ । टेलिकमले ग्राहकले म्यासेज गर्दा होस् या कुनै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन् आग्रह समेत गरेको छ ।  ०१२३४५६, १२३४५६ ०१२३४५७ जस्ता अपरिचित नम्बरबाट आएको कल या म्यासेज नउठाउनु तथा रिप्लाई नर्गन टेलिकमले खबरदारी गरेको हो  ।

यसबारे टेलिकमले केही दिन अघि नै ग्राहकलाई खबरदारी म्यासेज पठाइसेकको थियो ।

केही महिनादेखि विभिन्न मोबाइल प्रयोगकर्तालाई उल्लेखित नम्बरबाट फोन गर्ने र  ठग्ने गरेकोले नेपाल टेलिकमले म्यासेज पठाएर खबरदारी गरेको हो । कुनै पनि अपरिचित नम्बरबाट मोबाइल प्रयोगकर्तालाई केही न केही बाहाना बनाउँदै  ठग्ने भएकाले टेलिकमले ग्राहकलाई सचेत गराउन म्यासेज पठाएको जानकारी दिएको छ ।

यदी कुनै  शंकास्पद फोन या म्यासेज आएमा ग्राहकले तुरुन्तै  १८८ मा उजुरी गर्न सक्नेछन् ।
 

ताजा खबर