नेपाल किन धर्म निरपेक्ष बनाईयो, एउटा लुकेको तथ्य !

२०७८ असार २१ सोमबार १०:०१:०० मा प्रकाशित

केही नेपाली नेताहरूले विदेशीक‍ो वीर्यपान गरेको रोचक प्रसंगको पहिलो खण्ड मेरो फेसबुकमा पढेर धेरैले फोन गर्नुभयो । थप जानकारी पाउँ भन्नुभयो । सन् १९७७ मे ७ मा न्युयोर्क टाइम्सको खबर, 'जग्गा मिच्ने सुन मुन पक्राउ परे ।' 

उत्तर कोरियाली मुन दक्षिण कोरियाको लागि जासुसी गरेको अभियोगमा सन् १९४६ मा पाँच बर्ष जेल परेका थिए। कर छलेकोमा अमेरिकी जेलमा १८ महिना बिताए उनले। सन् २०१६ अप्रिल १-७ को नेपाली टाइम्स अंग्रेजी पत्रिका भन्छ, 'नेपालमा मुनका ३० चर्च र १२ हजार ५ सय समर्थक छन्। परिवार दल त्यसको उत्पादन रहेछ। दलका नेता एकनाथ ढकाललाई शान्ति मंत्री बनाउने र उनको चर्चको आयोजनामा सन् २०१८ मा काठमाडौ सोल्टी होटलमा एसिया-प्यासिफिक समिट गराउने कुरा सुनियोजित थियो । यसमा केपी सहमत भएको बुझिन्छ । ओली र माधवकुमार नेपाललगायत नेता सजीव नै हुनुहुन्छ । प्रेसमा धेरै रहस्य लुकाउने काम भयो। 

सन् २०१७ अगस्ट २० को रिपब्लिका अंग्रेजी दैनिक भन्छ- 'माधवकुमार नेपाल, माओवादी नेता हरिबोल गजुरेल लगायतका नेताले उत्तर कोरिया पुगेर मुनचर्चका प्रमुखसंग भेटेका छन्। यी खबर सप्रमाण प्रकाशित छन्। नेपाललाई किन धर्म निरपेक्ष बनाइएको हो भन्ने रहस्य खोज्दा यस्ता सन्दर्भ र प्रशंग धेरै भेटिन्छन् ।

मैले लेखेको 'राजतन्त्र कि गणतन्त्र: तुलनात्मक अध्ययन' पुस्तकमा नेपाल कसरी धर्म निरपेक्ष बनाइयो भन्ने चर्चा गरेको छु। सनातन,बौद्ध,बोन आदि प्राचीन धर्म संस्कृति मास्न आज चारैतिरबाट हमला भएको छ। यसमा हामी सतर्क हुन सकिरहेका छैनौं । राष्ट्रियता,धर्म र संस्कृति मास्ने काममा ठूलाठूला नेता नै लागे। होली वाइन पिउनेहरु उदाहरण मात्रै हुन्। (वरिष्ठ पत्रकार युवराज गौतमले थाहा पाएका तथ्यहरु उनको फेसबूकबाट) 

ताजा खबर