होलीवाईन पन्थी परिवार दल र सुनको जलहरीको कथा

२०७८ असार २० आइतबार ११:३५:०० मा प्रकाशित

काठमाडौं । सामाजिक सञ्जालमा सधैं आलस्यपूर्ण टिप्पणी, आत्मश्लाघा र कुण्ठाहरु मात्र बिस्कुन लगाईएको हुँदैन । गम्भीर बिषयलाई चिहाउने आँखीझ्याल पनि भेटिन्छन् सञ्जालमा । देशकाल र परिस्थितिलाई मसिनुगरी निखनी रहेका तिखा आँखाले चस्का दिनेगरी गरेका छोटा अनुच्छेदको खोज र अनुसन्धान भने हुन आवश्यक देखिन्छ । 

यहाँ दुइजना सिध्दहस्त पत्रकार र विश्लेषकका एकेक वटा टिपोट उनीहरुका फेसबूकवालबाट साभार गरिएको छ, जसको उदेश्य हाम्रा गभ्मीर पाठकलाई थप चिन्तन गर्न उपयोगी होस् भन्ने मात्र हो । पहिलो टिप्पणी हो, वरिष्ठ पत्रकार युवराज गौतमको । नेपाली पाठकहरुवीच सुपरिचित पत्रकार गौतमका राजनीतिक विश्लेषण लोकप्रिय हुने गर्छन् । उनको यो टिप्पणी पनि कम गम्भीर र महत्वको छैन ।

जस्तो कि गौतम लेख्छन्-

विदेशीको वीर्यपान गर्ने को को हुन् ? होलीवाइन पिउने नेपाली नेता र उच्चस्तरका पदाधिकारीलाई थाहा होला । दक्षिण कोरियाली गुरु मुनको वीर्य,उनकी पत्नीको दूध र रजस्वला हुँदाको रगत र पिसाब मिसाएर होली वाइन बनाउने गरेको दक्षिण कोरियाली लेखक देउक जिन किमले डिभाइन प्रिन्सिपल किताबमा लेखेपछि संसारले होली वाइन (पवित्र रक्सी) के रहेछ, चाल पायो । यस्तै मुनस्ट्रक पुस्तक (पृष्ठ १७०) अनुसार सन् १९५४ मा मुनले पुसान शहरमा खोलेको युनिफिकेसन चर्च सामुहिक संभोग केन्द्र भएको उल्लेख छ।दक्षिण कोरियाका अन्तर्राष्ट्रिय सम्वन्धका जानकार कु याई रिनले सन् २०१६ नोभेम्बर २ मा कोरियन हेराल्ड पत्रिकामा सन् १९६३ देखि १९७९ सम्म राष्ट्रपति भएका पार्क चुङ हि ले दक्षिण कोरियालाई छुट्टै क्रिश्चियन देश बनाउन मुनलाई प्रयोग गरेको लेखेका छन् । नेपालमा परिवार दल नामको दल मुनपंथी मानिन्छ । मुनकी पत्नी डाकेर नेपाल राष्ट्रका कैयौं "महापुरुष" र उनीहरूका समर्थकलाई होली वाइन खुवाउँदा सो घटना अहिलेसम्म चर्चामा आइरहन्छ । खानेले के बुझेर होली वाइन खाए ? यो प्रश्नको उत्तर ख‍ोज्न पत्रकारको पनि जाँगर चलेको देखिएन ।

त्यसैगरी पत्रकार राजेश मिश्रले पनि समकालिन राजनीतिमा नयाँ तरंग उठाउने गरी सत्तारुढ नेकपा एमालेभित्र प्रवेश गरेको महत्वपूर्ण एजेण्डालाई उठाएका छन् । हाल प्रवाशमा रहेका पत्रकार मिश्र सिध्दहस्त रिपोर्टर मानिन्छन् । कुनैबेलाका चर्चित पत्रिकाहरु देशान्तर र सुरुचि साप्ताहिकमा छँदा मिश्रले हलचल मच्चाउने किसिमका राजनीतिक र आर्थिक समाचारहरु रिपोर्टिंग गर्ने गर्दथे । 

पत्रकार मिश्रको टिप्पणी यस्तो छ-

अन्ततः एमालेमा संघीयता र धर्म निरपेक्षताको समिक्षा गर्ने अजेण्डाको औपचारिक प्रवेश ! महेश बस्नेतको मुख मात्र चलेको हो, मनसाय ओलीकै हो । कुरा 'क्लियर' हुन अझै बाँकी छ र ?

सुनको जलाहरी चढेपछि पशुपतिनाथले केहि गर्लान जस्तो छ ।
 

ताजा खबर