कीर्तिमानमा पेलेलाई छुनै लागेका मेसीले अर्जेन्टिनालाई सेमिफाईनल पुर्याए

२०७८ असार २० आइतबार १०:५४:०० मा प्रकाशित

काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मदतमा अर्जेन्टिनाले इक्वेडरलाई तीन गोल निल दिएर पराजित गरेको छ । अब अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ । 

कप्तान मेसीले  एक गोल गर्नुका साथै दुइ एसिस्ट गरे । आज विहान भएको खेलको २६ औं मिनेटमा मेसीले गोलको सुनौलो अवसर गुमाए । उनको प्रहार बारमा लागेर बाहिरिदा अर्जेन्टिना अभागी सावित भयो । ४० औं मिनेटमा रोद्रिगो दि पलले मेसीको पासमा गोल गरेपछि अर्जेन्टिनाले खाता खोल्यो । २५ खेलमा पलको यो राष्ट्रिय टिमका लागि यो डेब्यु गोल हो । उसले थप दुइ गोल खेल सकिन ६ मिनेट बाँकी हुँदा गरेको हो । ८४ औं मिनेटमा मेसीकै सहयोगमा लौतारो मार्टिनेजले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा मेसीले फ्रि किकमा गोल गरेपछि अर्जेन्टिनाले १७ खेल देखिको आफ्नो अपराजित यात्रालाई कायमै राख्यो । मेसीको राष्ट्रिय टिमबाट यो ७६ औं गोल हो । उनी दक्षिण अमेरिकी क्षेत्रको पेलेको कीर्तिमानी गोल संख्याबाट मात्र एकले पछि छन् ।

पछिल्ला ६ खेल देखि जीत विहिन रहेको अन्डरडग इक्वेडरले गोल फर्काउने मौका पाएको थियो । तर सफल भएन । इन्जुरी समयमा पियरो हिनक्यापे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि इक्वेडर दश खेलाडीमा समेटिएको थियो । अर्जेन्टिनाले अब सेमीफाइनलमा कोलम्बियासँग खेल्नेछ । कोलम्बिया उरुग्वेलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमीफाइनल पुगेको हो । लुइस स्वारेज इडिसन कभानीको टोली उग्वेले निर्धारित समय गोल रहित बराबरी खेलेको थियो । पेनाल्टिमा कोलम्बियाले बाजी मार्यो । 

ताजा खबर