युरोकपको सेमीफाईनल: कस्तो होला त इङल्यान्ड र डेनमार्कवीचको भिडन्त ?

२०७८ असार २० आइतबार १०:२६:०० मा प्रकाशित

काठमाडौं । अढाई दशकदेखिको प्रतिक्षालाई अन्त्य गर्दै इङल्यान्ड युरोकपको सेमीफाइनल प्रवेश गरेको छ । रोममा भएको खेलमा ग्यारेथ साउथगेटको टोलीले युक्रेन माथि चार शून्य गोलको शानदार जीत हात पार्यो ।

इङल्यान्डले मुख्य प्रतियोगिताको नक आउट खेलमा चार गोल  गरेको यो केवल दोस्रो पटक हो । यसअघि उसले सन् १९९६ को विश्वकप फाइनलमा तत्कालिन वेस्ट जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोलले हराएको थियो । खेल सुरु भएको चौथो मिनेटमै रहिम स्र्टसलङको सहयोगमा कप्तान हेरी केनले गोल गरेका थिए । इङल्यान्डले युरोमा २००४ पछि गरेको यो सवैभन्दा छिटो गोल हो ।

युक्रेनले कुनैपनि समय इङल्यान्ड सामु चुनौती प्रस्तुत गरेन । ४६ औं मिनेटमा हेरी मग्वेरले अग्रता दोब्बर बनाए । उनका लागि लुक सअले पास उपलब्ध गराएका थिए । ५० औं मिनेटमा केनले ब्यक्तिगत दोस्रो र जारी युरोमा तेस्रो गोल गरे । युरोको एकै नकआउट खेलमा दुइ गोल गर्ने केन इङल्यान्डका पहिलो खेलाडी हुन् ।

६३ औं मिनेटमा जोर्डन हेन्डरसनले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा इङल्यान्ड चार शून्यको प्रभावशाली जीत हात पार्न सफल भयो । उनी ५७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनको यो राष्ट्रिय टिमबाट ६२ औं खेल    हो । पहिलो गोलका लागि ३१ वर्षिय हेन्डरसनले दश वर्ष बढी प्रतिक्षा गरे । उनले सन २०१० नोभेम्बर १७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले यो आफ्ना लागि विषेश गोल भएको प्रतिृकया दिएका छन् । यो क्षणका लागि लामो समय प्रतिक्षा गरेको उनको भनाइ थियो ।

कप्तान केनले हेन्डरसनका लागि एकदमै खुशी भएको बताए । इङल्यान्ड यसअघि १९९६ को युरोको सेमीफाइनल पुगेको थियो । त्योबेला युरोको इङल्यान्ड च्याम्पियन पनि हो । अब उसले फाइनल प्रवेशका लागि डेनमार्कसँग वेम्बलीमा प्रतिस्पर्धा गर्नेछ । 

ताजा खबर