थपिए २ हजार ३ सय २८ संक्रमित, ९ हजार १ सय ९८ ले ज्यान गुमाए

२०७८ असार १९ शनिबार २०:०७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप २ हजार ३ सय २८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा ५ हजार ८ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय २७ जना र ४ हजार २ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय १ जना गरी २ हजार ३ सय २८ जनामा कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा अहिलेसम्म पीसीआरबाट गरिएको परीक्षणमा ६ लाख ४३ हजार ५ सय ८० र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३७ हजार ५ सय ५६ जनामा कोभिड देखिएको मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा ३ हजार ६६ जना कोभिडमुक्त भएका छन् । योसँगै नेपालमा कोभिडमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ । नेपालमा कोभिड निको हुनेदर ९४ दशमलव ३ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा २७ हजार ७ सय १६ जना सक्रिय संक्रमित छन् ।

 गत २४ घण्टामा १९ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ । (तस्बिर: युएनएचसिआर)

ताजा खबर