कोपाअमेरिका: ब्राजिल र पेरु सेमीफाईनलमा, घर फर्किए पेरु र पाराग्वे

२०७८ असार १९ शनिबार १०:५४:०० मा प्रकाशित

काठमाडौं । दश खेलाडीमा समेटिएको ब्राजिल चिलीलाई १–० गोलले पराजित गर्दैै कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश गरेको छ । अब उसको भेट पेरुसँग हुनेछ । पेरुले पाराग्वेलाई पेनाल्टिमा ४–३ ले हराएको हो ।

आज विहान भएको क्वाटरफाइनलमा घरेलु टोली ब्राजिलले २० र चिलीले २६ औं मिनेटमा गोल गर्ने मौका गुमाएका थिए । ब्राजिलका फिरमिनो र चिलीका इडुवार्गो भर्गासको प्रहारले पोस्टको दिशा लिन सकेन । ४६ औं मिनेटमा सब्सिच्युट लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको एक मिनेट पनि नभइ गोल गरेका थिए । सोही गोल साविक विजेता ब्राजिललाई अन्तिम चारमा पुर्याउन पर्याप्त भयो । ४८ औं मिनेटमा गाब्रिएल जेसुसले सिधै रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटियो ।

चिलीका इग्वेनो मिनालाई खराब ट्याकल गरेपछि जेसुसलाई रातो कार्ड दिइएको हो । ६२ औं मिनेटमा भर्गासले चिलीका लागि गोल गरेका थिए । तर उनको गोल अफसाइड भएपछि नेइमार सम्मिलित ब्राजिलले निर्धारित ९० मिनेटमा जीत हात हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । चिलीले ब्राजिललाई कडा चुनौती दिएपनि गोल गर्न नसक्दा उसको यात्रा क्वाटरफाइनलमै सकियो । चिलीले ब्राजिलसँग लगातार पाँचौ खेलमा हार बेहोरेको हो । ब्राजिल एघार खेलदेखि अपराजित छ ।

आजै भएको पेरु र पाराग्वे बीचको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी भएको थियो । सुरुवाती अग्रता लिएर पनि पाराग्वेले जोगाउन सकेन । ११ औं मिनेटमा गुस्ताभो गोमेजको गोल गरेका थिए । उनैले २१ औं मिनेटमा आत्मघाती गोल गरेपछि पेरुले खेल बराबरी गर्यो । ४० औं मिनेटमा पेरुका जानलुका लापादुलाले आफ्नो टिमलाइ अघि बढाए । पहिलो हाफको इन्जुरी समयमा गोमेज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाराग्वे दश खेलाडीमा समेटियो । ५४ औं मिनेटमा पाराग्वेका जुनियर अलन्सो र ८० औं मिनेटमा पेरुका यासिमर योटनले गोल गरे । ८५ औं मिनेटमा पेरु पनि दश खेलाडीमा समेटियो । उसका आन्द्रे क्यारिल्लोले रातो कार्ड पाएका थिए । ९० औं मिनेटमा पाराग्वेका गाब्रिएल अभालोसले गोल गरेपछि खेल तीन तीनको बराबरी भएको थियो । त्यसपछि भएको पेनाल्टिमा पेरुले बाजी मार्यो । सन् २०१९ मा ब्राजिलले पेरुलाई हराएर उपाधी जितेको थियो । 

ताजा खबर