सेमीफाईनलमा इटाली र स्पेनको भिडन्त हुने, पेनाल्टीमा चुकेपछि स्विट्जरल्याण्ड विदा

२०७८ असार १९ शनिबार १०:२६:०० मा प्रकाशित

काठमाडौं । स्विटजरल्यान्डलाई एकका विरुध्द तीन गर्दै स्पेन युरोकपको सेमीफाइनलमा प्रवेश गरेको छ । उपाधी दावेदार स्पेनलाई स्विटजरल्यान्डलाई हराउन पेनाल्टिसम्म पुग्नु परेपनि क्वाटर फाइनलबाटै बाहिरिनबाट भने जोगियो । स्पेनको जीतमा मिकेल ओजासाबाले विजयी पेनाल्टी प्रहार गरेका थिए । स्विटजरल्यान्ड पाँच मध्ये चार पेनाल्टिमा चुक्यो ।

सेन्ट पिटसबर्गमा भएको क्वारटफाइनलमा स्पेनले ८ औं मिनेटमा आत्मघाती अग्रता लिएको थियो । स्पेनका जोर्डी आल्बाले गरेको प्रहार स्विटजरल्यान्डका डेनिस जाकारियाको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत गरेको थियो । जारी युरोमा भएको यो दशौं आत्मघाती गोल हो । यसअघिका सवै संस्करणको युरोमा जम्मा ९ आत्मघाती गोल भएको थियो ।

स्विस गोलकिपर यान सोमरले तािरफयोग्य प्रदर्शन गरेपछि स्पेन थप गोल गर्न बाट बञ्चित भएको थियो । स्पेनका  सेजर आपिलिक्वेटा र पाउ टोरेसले अवसरको सदुपयोग गर्न सकेनन् । ६८ औं मिनेटमा स्विस कप्तान जद्रान सकिरीले बराबरी गोल फर्काए । उनले स्पेनिस डिफेन्डरको गल्तिको फाइदा रेमो फिउलरको पासमा गोल गरेका थिए । तर ७७ औं मिनेटमा फिउलर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विटजरल्यान्ड दश खेलाडीमा समेटिएको । यसका बाबजुत उसले स्पेनलाई पेनाल्टिसम्म पुर्याएको थियो ।

अतिरिक्त समयमा खेल नियन्त्रणमा लिएपनि स्पेनले गोल गर्न सकेन । तर पेनाल्टिमा गोलकिपर उनाइ सिमोन नायक सावित भए । उनले स्विटजरल्यान्डका दुइ प्रहारको बचाउ गरे । सुरुवातमा  स्पेनिस कप्तान सर्जियो बुस्केट चुके । उनको प्रहारले पोस्टको दिशा लिएन । स्विटजरल्यान्डका मारियो गाभ्रानोभिचले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । स्पेनका डेनी ओल्मोले पेनाल्टिमा गोल गरे । फाबियन सेरको प्रहार स्पेनिस गोल किपर उनाइ सिमोनले बचाए । स्पेनका रोद्रिको प्रहार सोमरले बचाउँदै स्विटजरल्यान्डको आश जगाएका थिए । तर म्यानुएल अकान्जी र रुवेन भर्गास असफल भए ।

अब सेमीफाइनलमा स्पेन र इटाली बीच प्रतिस्पर्धा हुनेछ । स्पेन पनि २०१२ पछि ठूलो प्रतियोगिताको सेमीफाइनल पुगेको हो । 

 

ताजा खबर