एकदिवसीय सिरिजमा  इङल्यान्ड बिजयी

२०७८ असार १८ शुक्रबार १०:४७:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले एक खेल अगावै श्रीलङका विरुद्धको तीन एकदिवसीय सिरिज जितेको छ । दोस्रो खेलमा आठ विकेटको जीत हात पारेपछि इङल्यान्डले दुइ शून्यले उपाधी कब्जा गरेको हो । 

लन्डनमा इङल्यान्डले जीतका लागि १ सय ४२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य उसले ४३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । पहिलो विकेटका लागि जोनी ब्रेस्टो र जेसोन रोयले ७६ रनको साझेदारी गरेका सिथए । जेसोन ६० र ब्रेस्टो २९ रनमा आउट भए । इयोन मोर्गनले अविजीत ७५ र जो रुटले ६८ रन बनाएपछि घरेलु टोलीले सहज जीत हात पार्यो । वानिन्दु हसरंगा र चामिका करुणारत्ने १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ४१ रन बनाएको थियो ।

खराब सुरुवात गरेको उसले चार विकेट जम्मा २१ रन बनाउँदा खर्चियो । कुशल परेरा शून्य, आभिस्का फर्नान्डो २, पाथम निसान्का ५ र चारिथ असलान्का ३ रनमा आउट भएका थिए । पाँचौ विकेटका लागि धनञ्जय डि सिल्भा र वानिदु हसरंगाले ६५ रनको साझेदारी गर्दै श्रीलङकाको पारी उकासे । धनञ्जयले ९१ र  हसरंगाले २६ रन जोडे । दासुन सानाकाले ४७ र चामिका करुणारत्नेले २१ रन बनाएका थिए । इङल्यान्डका करण सामले पाँच विकेट लिए । उनले दश ओभरमा एक मेडन सहित ४८ रन खर्चिएर ५ विकेट लिएका हुन् ।  एकदिवसीयमा उनले पहिलो पटक पांच विकेट लिएका हुन् । तीन विकेट करणले आफ्नो सुरुवाती दुइ ओभरमा लिएका थिए । डेविड विल्लीले चार विकेट हात पारे ।

इङल्यान्डले पहिलो एक्दिवसीयमा श्रीलङकालाई ५ विकेटले पराजित गरेको थियो । तेस्रो खेल शनिबार हुनेछ । 

ताजा खबर