चारसय मिटर हर्डल्समा तोडियो तीन दशकको कीर्तिमान

२०७८ असार १८ शुक्रबार १०:४०:०० मा प्रकाशित

काठमाडौं । पुरुष तर्फको चार सय मिटर हर्डल्समा २९ वर्ष देखिको विश्व कीर्तिमान तोडिएको छ । नर्वेका क्रास्टन वारहोल्मले नयाँ विश्व कीर्तिमान बनाएका हुन् ।

ओस्लोमा भएको डाइमन्ड लिगमा उनले यो सफलता हात पारे । घरेलु समर्थक बीच भएको प्रतिस्पर्धामा वारहोल्मले ४६ दशमलब सात शून्य सेकेन्डको समयका साथ विश्व कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान अमेरिकाका केभिन योङको नाममा थियो । ४६ दशमबल ७८ सेकेन्डको समय निकालेका थिए । उनले सन १९९२ को ओलम्पिकमा कीर्तिमान रचेका थिए ।

पुरुष ट्रयाकमा सवैभन्दा लामो समय टिकेको कीर्तिमन हो यो । वारहोल्म त्यसको चार वर्ष पछि अर्थात १९९६ मा जन्मिएका हुन् ।  विश्व कीर्तिमान तोडेपछि वारहोल्मले महामारीका कारण लामो समय पछि नर्वेमा भएको स्पोर्टस इभेन्टमा प्राप्त सफलता विषेश भएको प्रतिकृया दिए । उनले आफुले बनाएको कीर्तिमन योङको जस्तो धेरै समय नरहने पनि उनको भनाइ छ ।

दोस्रो स्थानमा आएका दक्षिण अमेरिकाका एलिसन डोस सान्तोषले ४७ दशमलब ३८ र क्युबाका यस्मनी कोपेलोले ४८ दशमलब ८६ को समय निकाले ।
 

ताजा खबर