टोकियो ओलम्पिकमा जान छानिएका गोपीका नाम किन काटियो ?

२०७८ असार १८ शुक्रबार ०९:४९:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुने भनिएका एथ्लेटिक्सका गोपि चन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएको छ । अब गोपीको स्थानमा सरस्वती चौधरीले सहभागिता जनाउनेछिन् ।

नेपाल ओलम्पिक कमिटीले विज्ञप्ती जारी गर्दै गोपीले  प्रतिस्पर्धा गर्ने म्याराथनमा कोटा प्राप्त नभएको स्पष्टिकरण दिएको छ । ओलम्पिक कमिटीका अनुसार म्याराथनमा कोटा भन्दा बढी आवेदन परेको हँुदा अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीले नेपाललाई उपलब्ध नगराएको बताएको छ । नेपाललाई एक सय मिटर दौडमा कोटा प्राप्त भएका कारण सरस्वतीलाई पठाउन लागिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गोपी गत मंसिरमा नेपालगंज म्याराथनमा पहिलो हुँदै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए । ओलम्पिकमा एथ्लेटिक्स र पौडी युनिर्भसियालिटी खेलमा पर्छ । एक वर्षदेखि ओलम्पिकको तयारी गरिरहेका गोपीले आफ्नो सहभागिता नहुनेबारे हिजो मात्र औपचाकिर रुपमा जानकारी पाएको बताए । उनले यो पिडा शब्दमा बया नगर्न नसकिने प्रतिृकया दिए । उनले भने, म कति दुखी छु शब्दमा भन्न सक्दिन । दुखको सीमा छैन । जीवन सोचे जस्तो नहुने रहेछ । ओलम्पिक हरेक खेलाडीको सपना हो । आफू त्यो सपनाको एकदमै नजिक पुगेर पनि विमुख हुनुपर्दा शब्दविहिन भएको छु, गोपीले भने । 

विज्ञप्ती नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथ्लेटिक्स संघले संयुक्र रुपमा जारी गरेका हुन् । नेपालबाट टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट सहित ५ खेलाडीले भाग लिनेछन् ।

ओलम्पिक २३ जुलाइबाट सुरु हुनेछ । 

ताजा खबर