युरोकप क्वाटर फाइनल: यस्तो छ अबको खेलतालिका

२०७८ असार १६ बुधबार १०:०२:०० मा प्रकाशित

काठमाडौं । गएरातीका खेलसँगै युरोकपको क्वाटर फाइनल समीकरण पूरा भएको छ । युक्रेन क्वाटर फाइनल पुग्ने आठौं र अन्तिम टिम हो ।

क्वाटर फाइनलमा इङल्यान्ड र युक्रेनसँगै स्पेन, चेक रिपब्लिक, बेल्जियम, इटाली, डेनमार्क र स्वीटजरल्यान्डले स्थान बनाएका छन् । क्वाटर फाइनलका खेलहरु शुक्रबार रातीबाट सुरु हुनेछन् । क्वाटर फाइनलका सवैभन्दा ठूला प्रतिस्पर्धी इटाली र बेल्जियमलाई मानिएको छ । उपाधी दावेदार यी दुइ टिममध्ये एकको यात्रा अन्तिम आठमा नै रोकिनेछ ।

जारी युरोमा उपाधी दावेदारका रुपमा हेरिएका ठूला टिम जर्मनी, फ्रान्स, पोर्चुगल र नेदरल्यान्डसले नकआउट चरण पार गर्न सकेनन् ।

क्वाटरफाइनलमा भिड्ने टिम र समय

 

स्वीजरल्यान्ड भर्सेस स्पेन

सेन्ट पिटर्सबर्ग

शुक्रबार राती ९ः४५ बजे ।

 

बेलिजयम भर्सेस इटाली

म्युनिख

शुक्रबार राती १२ः४५ बजे

 

चेक रिपब्लिक भर्सेस डेनमार्क

बाकु ओलम्पिक स्टेडियम

आइतबार राती ९ः४५ बजे ।

 

युक्रेन भर्सेस इङल्यान्ड

रोम

आइतबार राती १२ः४५ बजे ।

 

ताजा खबर