टि ट्वान्टीमा कोरोना असर: विश्व कपका खेल भारतबाट युएई र ओमान सारियो

२०७८ असार १६ बुधबार ०८:५५:०० मा प्रकाशित

काठमाडौं । भारतमा हुने तालिका रहेको टि ट्वान्टी विश्व कप युएइ र ओमानमा सरेको छ । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण विश्व कप युएइमा हुन लागेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बुधबार विज्ञप्ती जारी गर्दै टि ट्वान्टी विश्वकप आयोजना स्थ्ल सारिएको आधिकारिक जानकारी दिएको हो । आयोजक भने भारत नै रहनेछ । अब युएइ र ओमानका चार स्थानमा खेल हुनेछ । विश्वकपका खेल दुवइ इन्टरनेशनल स्टेडियम, अबुधाबीस्थित शेख जायद स्टेडियम, सारजाह स्टेडियम र ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेलाइनेछ ।

टि ट्वान्टी विश्वकप सन २०१६ पछि पहिलो पटक हुँदैछ । पछिल्लो पटक इङल्यान्डलाइ पराजित गर्दै वेस्ट इन्डिजले उपाधी जितेको थियो । प्रारम्भिक चरणमा आडठ टिम बंगलादेश, पपुवा न्युगिनी, श्रीलङका, आयरल्यान्ड, नेदरल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान बीच प्रतिस्पर्धा हुनेछ । यी मध्ये शीर्ष चार टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

फाइनल  चरणमा भारत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, इङल्यान्ड, न्युजील्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तान सहित कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । १७ अक्टोबरबाट सुरु हुने विश्व कपको फाइनल १४ नोभेम्बरमा हुनेछ । विश्वकप अघि इन्डियन प्रिमियर लिग आइपिएलका बाँकी खेल हुनेछन् । कोरोनाका कारण भारतमा संचालन भएको आइपिएल बिचमानै स्थगित गरिएको थियो । 

ताजा खबर