रोकियो ब्राजिलको बिजय यात्रा, भेनेजुएलाले पनि हात धोयो

२०७८ असार १४ सोमबार ०९:४२:०० मा प्रकाशित

काठमाडौं । ब्राजिलको दश खेलदेखिको बिजय यात्रामा पूर्ण विराम लागेको छ । कोपा अमेरिकामा आज विहान भएको समूहको अन्तिम खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकियो ।

प्रशिक्षक टिटेको टोली स्टार स्ट्राइकर नेइमार विनानै मैदानमा उत्रिएको थियो । उनले अरु मुख्य खेलाडीलाई पनि बेन्चमा राखेका थिए । ३७ औं  मिनेटमा एडर मिलितोले ब्राजिललाई अग्रता दिलाएका थिए र राष्ट्रिय टिमबाट उनको यो पहिलो गोल हो । तर दोस्रो हाफमा इक्वेडरले खेल बराबरी गर्यो ।

५३ औं मिनेटमा सब्सिच्युट एजंल मिनाले गोल गरेपछि ब्राजिल बराबरीमा रोकियो । ब्राजिलले जारी कोपामा यसअघिका तीनै खेलमा जीत निकालेको थियो । ब्राजिल सन् २०१९ नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनासँग पराजित भएको यता खेलेका सवै खेलमा जीत हात पारेको थियो ।

ब्राजिल यो खेल अघिनै क्वाटरफाइनल प्रवेश गरिसकेको थियो । समूह बीमा रहेको उसको चार खेलबाट दश अंक भयो । बराबरीमा पछि इक्वेडर सात अंकका सात दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्यो ।

आजै भएको अर्को खेलमा भेनेजुएलालाई एक शून्य गोलले हराउँदै पेरु पनि क्वाटरफाइल पुगेको छ । पेरुको जीतमा ४८ औं मिनेटमा आन्द्रे क्यारिल्लोले गरेको गोल निर्णायक बन्यो । भेनुजएला भने प्रतियोगिताबाट बाहिरियो । यो समूहबाट कोलम्बियाले पनि अन्तिम आठमा स्थान सुरक्षित गर्यो । समूह ए बाट अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे क्वाटरफाइनल पुगेका छन् । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले प्रतियोगिताबाट बाहिर सकेको बोलिभिया र उरुग्वेले पाराग्वेसँग खेल्नेछ । यी खेल भोली विहान हुनेछन् । 

ताजा खबर