श्रीलङका विरुद्धको टि ट्वान्टी सिरिजमा इङल्यान्डको क्लिन स्वीप 

२०७८ असार १३ आइतबार ०९:३९:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले श्रीलङका विरुद्धको टि ट्वान्टी सिरिज ३–० ले क्लिन स्वीप गरेको छ । दोस्रो खेलमा इङल्यान्डले श्रीलङकालाई ८९ रनले पराजित गर्यो । इङल्यान्डको जीतमा डेविड मालानले ४८ वलमा ७६ रनको उत्कृष्ट पारी खेले ।

मालानले पहिलो विकेटका लागि जोनी ब्रेस्टोसँग मिलेर १ सय ५ रनको साझेदारी गरेका थिए । ब्रेस्टोले ५१ रन जोडे । २० ओभरमा इङल्यान्डले ६ विकेट गुमाएर १ सय ८० रन जोडेको थियो । तर उसले १९ रन जोड्दा अरु ५ विकेट गुमाएको थियो । लियाम लिभिङस्टोन १४, साम बिलिङस २, कप्तान इयोन मोर्गन १ रनमा आउट भएका थिए । मोइन  अलीले ७ रन बनाए ।

वलिङ तर्फ दुश्मान्था चामिराले ४ विकेट लिए । चार ओभर वलिङ गर्दै उनले १७ रन खर्चिएका थिए । जवाफमा श्रीलङका ७ वल बांकी छदै ९१ रनमा अल आउट भयो । डेविड विल्लीले ३ र साम करणले २ विकेट लिएपछि श्रीलङकाको पारी ध्वस्त भयो ।

६ वर्षको अनुपस्थिति पछि यहि रिसिज मार्फत फर्किएका क्रिस वोक्सले किफायती वलिङ गर्दै ४ ओभरमा मात्र १३ रन दिएर १ विकेट लिए । श्रीलङकाका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाए । ओसाडा फर्नान्डोले १९, बिनुरा फर्नान्डोले २० र निरोसन डिकवेलाले ११ रन बनाएका थिए । ओपनर धनुस्का गुनाथिल्का ४ र कुशल परेरा ३ रनमा आउट भएका  थिए । कुशल मेन्डिस ६ रनमा पवेलियन फर्किए । टि ट्वान्टीमा रनको हिसावमा इङल्यान्डको चौथो ठूलो जीत र श्रीलङकाको चौथो कम योगफल हो । श्रीलङका पहिलो टि ट्वान्टीमा ८ र दोस्रोमा ५ विकेटले पराजित भएको थियो ।

अब इङल्यान्ड र श्रीलङकाबीच तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुनेछ । 

ताजा खबर