नेपालले एएफसी महिला एशियन कप छनोट खेल आयोजन गर्ने

२०७८ असार १० बिहीबार १७:३९:०० मा प्रकाशित

काठमाडौं । नेपालले एएफसी महिला एशीयन कपको छनोट खेलको आयोजना गर्ने भएको छ । समूह एफको छनोट खेल नेपालमा हुने भएको हो ।

आज भर्चुअल रुपमा भएको ड्र अनुसार नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् । छनोटमा सहभागी हुने २८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । चार समूहमा चार र अर्को चार समूहमा तीन टोली छन् । समूहका शीर्ष  टिमले सन् २०२२ मा भारतमा हुने एशीयन कपमा स्थान सुरक्षित गर्नेछन् ।

एशीयन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ  । आयोजक भारत, साविक विजेता जापान, उपविजेता अस्ट्रेलिया र तेस्रो भएको चीनले फाइनल चरणमा स्थान पक्का गरिसकेका छन् । छनोट खेलहरु सेप्टेम्बर १३ देखि २५ को बीचमा हुनेछ ।

नेपालले अहिलेसम्म महिलाको सिनियर टिमको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छैन । 

ताजा खबर