कोरोनाले आइसीसी विश्वकप लिग टु स्पेन भ्रमण स्थगित 

२०७८ असार १० बिहीबार १७:३४:०० मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले गर्ने भनिएको स्पेन भ्रमण स्थगित भएको छ । स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिज जुलाइ अन्त्यमा स्पेनमा हुने तालिका रहेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद क्यानले नामिबिया टोली कोरोना भाइरसका कारण प्रभावित भएकाले सिरिजन स्थगित गरिएको जनाएको हो । नेपाल त्रिक्रेट संघ क्यानले पनि सिरिज सन् २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

स्कटल्यान्डमा हुने सिरिज कोभिड १९ कै कारण स्पेन सारिएको थियो । सिरिजका लागि नेपालले राम्रो तयारी गरिरहेको भएपनि अन्त्यमा स्थगित हुँदा निराश हुनुपरेको क्यानले जनाएको छ । नेपाली टोलीले गत मंगलबारबाट अभ्यास सुरु गरेको थियो । बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी छन् । सिरिज स्थगित भएपछि अभ्यास पनि प्रभावित हुने देखिएको छ । नेपालले पछिल्लो पटक २०२० फेब्रुअरीमा घरेलु मैदानमा अमेरिका र ओमानसँग सिरिज खेलेको थियो ।

लिग टु २०२३ को एकदिवसीय विश्वकप छनोटको आधार हो । 

ताजा खबर