क्रिकेट: आईसीसी टेस्टमा न्युजील्यान्डसँग भारत पराजित

२०७८ असार १० बिहीबार १०:४५:०० मा प्रकाशित

काठमाडौं । भारतलाई पराजित गर्दै  न्युजील्यान्ड पहिलो आइसीसी टेस्ट विश्व च्याम्पियनसिपको उपाधी जित्न सफल भएको छ । फाइनलमा केन विलियम्सनको टोली न्युजील्यान्डले विराट कोहलीको भारतलाई ८ विकेटले निराश पार्दै इतिहास आफ्नो नाममा लेखायो ।

न्युजील्यान्डले १३९ रनको लक्ष्य ४५.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । न्युजील्यान्डका तर्फ बाट विलियम्सनले सर्वाधिक ५२ रनको योगदान गरे । उनलाई अनुभवी ब्याट्सम्यान रोज टेलरले ४७ रन जोड्दै वलियो साथ दिए । यी दुइले तेस्रो विकेटका लागि अविजीत ९६ रनको साझेदारी गरेका थिए । वलिङ तर्फ भारतका रविचन्द्रन आश्विनले टम लाथमलार्इृ ९ र डेभोन कनवेलाई १९ रनमा आउट गरेका थिए । यसअघि भारत दोस्रो पारीमा न्युजील्यान्डका वलर सामु निरिह हुर्दै १ सय ७० रनमा अल आउट भएको थियो । भारतका लागि रिसव पन्तले ४१, रोहित शर्माले ३० रन जोडे । विराट मात्र १३ रनमा पवेलियन फर्किएका थिए । चेतेश्वर पुजारा र अजिंक्य रहाणेले १५–१५ रन जोडे ।

न्युजील्यान्डका टिम साउथीले ४ र ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए । टस जितेर ब्याटिङ गरेको भारत पहिलो पारीमा २ सय १७ रनमा अल आउट भएको थियो । पहिलो पारीमा न्युजील्यान्ड पनि २ सय ४९ रनमा समेटिएको थियो ।


 

ताजा खबर