युरोकपमा रोनाल्डो र कीर्तिमान 

२०७८ असार १० बिहीबार ०९:४५:०० मा प्रकाशित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा अर्को ठूलो सफलता हात पारेका छन् । ३६ वर्षका रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान बराबरी  गरेका हुन् ।

युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमन बनाएको केही दिनमै उनले अर्को कोशे ढुंगा पार गरे । गएराती फ्रान्स विरुद्ध दुइ गोल गरेपछि रोनाल्डोले इरानका अलि डेइको १ सय ९ गोलको कीर्तिमानसँग बराबरी गरे । अलिले सन् १९९३ देखि २००६ को बीचमा १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए ।

रोनाल्डोले १ सय ७८ खेलमा गरेका हुन् । फ्रान्स विरुद्ध उनले ३१ र ६० मिनेटमा पेनाल्टिमा गोल गरेका थिए । रोनाल्डोको जारी युरोमा यो पाँचौ गोल हो । यो सँगै उनको युरोमा गोल संख्या १४ पुगेको छ । समूह चरणको पहिलो खेलमा हंगेरी विरुद्ध दुइ गोल गरेपछि युरोमा सर्वाधिक गोल गर्ने मिचेल प्लाटिनीको कीर्तिमान उनले तोडेका थिए ।

फ्रान्सका प्लाटिनीले ९  गोलको कीर्तिमन कायम गरेका थिए । रोनाल्डोले विश्वकप र युरो गरी मुख्य प्रतियोगितामा सर्वाधिक १९ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजलाई पनि उछिने । दुवै प्रतियोगितामा गरी धेरै गोल गर्ने पहिलो युरोपियन खेलाडी बनेका रोनाल्डोकोे गोल संख्या २० पुगेको छ ।

ताजा खबर