जर्मनी र इङल्यान्ड अन्तिम १६ मा भिड्ने

२०७८ असार १० बिहीबार ०९:१२:०० मा प्रकाशित

काठमाडौं । युरोकपमा ग्रुप अफ डेथ मानिएको समूह एफका अन्तिम खेल २–२ गोलको बराबरीमा सकिएका छन् ।

जर्मनी अन्तिम खेलमा हंगेरीसँग २–२ को गोलको बराबरीमा रोकिए पनि उपवजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूह इमा रहेको जर्मनीले ३ खेलबाट ४ अंक जोड्यो । पोर्चुगलसँग समान अंक भएपनि गोल अन्तरका आधारमा जर्मनी अघि रहेको हो । हंगेरी भने प्रतियोगिताबाट बाहिरियो ।

म्युनिखमा भएको खेलमा जर्मनी दुइ पटक पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । एघारौं मिनेटमा एडम सालाइले हंगेरीका लागि गोल गरे । उनी दुइ युरोमा गोल गर्ने पहिलो हंगेरियन खेलाडी हुन् । उनले यसअघि २०१६ को युरोमा पनि गोल गरेका थिए ।

पहिलो हाफमा पछि परेको जर्मनीले दोस्रो हाफमा खेल बराबरी गर्यो । ६६ औं मिनेटमा काइ हाभर्टसले गोल फर्काए । ६८ औं मिनेटमा हंगेरीले फेरी अग्रता लियो । उसका लागि  आन्द्रे सिफरले गोल गरेका थिए । पराजित हुन लाग्दा जर्मनीले खेल सहिन ६ मिनेट अघि हार टार्यो । ८४ औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि योचिम लो को टोली हारबाट जोगियो । जर्मनी लगातार चाथौ युरोमा पहिलो हाफमा एक शून्यले पछि परेको हो । अन्तिम १६ मा अब जर्मनीले इङल्यान्डसँग खल्नेछ ।

 

ताजा खबर