इङल्यान्ड बन्यो समूह डीको विजेता

२०७८ असार ९ बुधबार १०:३१:०० मा प्रकाशित

काठमाडौं । चेक रिपब्लिकलाई एक गोल निल दिएर इङल्यान्ड समूह डीको विजेता बनेको छ । इङल्यान्डले समुहका तीन खेमा ७ अंक जोड्यो । उसले पहिलो खेलमा क्रोएशियालाई एक शून्य गोलले हराएको थियो ।

दोस्रो खेलमा स्कटल्यान्डसँग गोल रहति बराबरीमा रोकियो । इङल्यान्ड पहिलो पटक समूह चरणमा एक गोल पनि नखाइ युरोको नक आउट पुगेको हो । गएराती वेम्बलीमा मैदान उत्रनु अघिनै दुवै टोलीले  अन्तिम १६ मा स्थान पक्का गरिसकेका थिए । इङल्यान्डले १२ औै मिनेटमा रहिम स्र्टलिङको गोल मार्फत अग्रता लिएको थियो । उनले ज्याक ग्रिलिसको क्रसमा गोल गरेका हुन्् ।

स्टर्लिङको जारी युरोमा यो दोस्रो गोल हो । युरोमा इङल्यान्डका लागि सुरुवाती दुइ खेलमा गोल गर्ने रहिम दोस्रो खेलाडी हुन् । यसअघि १९९६ मा  एलन सिररले दुइ गोल गरेका थिए । यस्तै २००४ मा वाइन रुनी पछि युरोमा एक भन्दा बढी गोल गर्ने पनि स्टर्लिङ पहिलो खेलाडी हुन् । उनको राष्ट्रिय टिमका लागि पछिल्लो १९ खेलमा यो १४ औं गोल हो ।

ग्यारेथ साउथगेटको टोलीका लागि बुकायो साका र ग्रिलिस तारिफयोग्ग प्रदर्शन गरेका थिए । कप्तान हेरी केन भने फेरी एक पटक गोलका लागि संघर्षरत देखिए । जारी युरोमा पहिलो गोलको खोजीमा रहेका उनको प्रहारलाई चेक गोलकिपर र थोमस भेकलिकले विफल पारिदिएका थिए । इङल्यान्ड गोलकिपर जोर्डन पिकफर्ड भने अधिकांश समय आराम पाए । चेक उत्कृष्ट तेस्रो हुने टिमका रुपमा अन्तिम १६ मा पुगेको हो । 

ताजा खबर