आइसीसी विश्वकप लिगका खेलाडी अभ्यासमा जुटे

२०७८ असार ८ मंगलबार १७:०३:०० मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप लिग टुका लागि स्पेन भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट अभ्यास सुरु गरेको छ ।

प्रशिक्षक डेभ वाटमोरले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । पृथु बाँस्कोटाले ब्यक्तिगत कारण देखाउँदै उपस्थित हुन नसक्ने जानकारी गराएपछि अभ्यासमा १९ खेलाडी सहभागी छन् । पृथुको स्थानमा कुन खेलाडी बोलाउने भन्ने बारे नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छैन ।

टियु मैदानमा आज पहिलो दिन खेलाडीले सामान्य अभ्यास गरेका थिए । सवै खेलाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अभ्यास सुरु गरिएको हो ।

 

नेपालले नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । सिरिज जुलाइ ३० बाट सुरु हुनेछ । 

ताजा खबर